site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
निजामती प्रशासन झिङ्गे टसाइ सोचबाट मुक्त हुन सकेन : ईश्वर पोखरेल
फाइल तस्बिर ।
NIC Asia Banner ad
Argakhachi Cement Island Ad

काठमाडौं । उपप्रधानमन्त्री ईश्वर पोखरेलले निजामती प्रशासन ‘झिङ्गे टसाइ’ सोचबाट मुक्त हुन नसकेको बताएका छन् । बुधबार सिंहदरबारमा आयोजित नेपाल सरकारका सचिवहरूबीच निजामती सेवाका विभिद पक्ष सम्बन्धी अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गर्दै उपप्रधानमन्त्री पोखरेलले निजामती प्रशासनमा झिङ्गे टसाई सोच प्रमुख समस्याको रूपमा रहेको बताए । 

उनले समयको गतिसँगै निजामती प्रशासन परिवर्तन हुन नसकेको पनि टिप्पणी समेत गरे । त्यसैले निजामती प्रशसनले परिणामलाई भन्दापनि प्रक्रियालाई जोड दिने गरेको उनको भनाइ छ । 

“अहिले निजामती प्रशासन भित्र रहेको प्रमुख समस्या हो । सोचमा सकारात्मक परिवर्तनको अभाव, निजामती प्रशासन अझैसम्म (माफ गर्नुहोला एउटा शब्द प्रयोग गर्न चाहन्छु) झिङ्गे टसाइ सोचबाट मुक्त हुन सकेको छैन,” उनले भने,“त्यसैले होला निजामती प्रशासनले परिणामलाई भन्दापनि प्रक्रियालाई जोड दिने गरेको छ ।”

प्रकाशित मिति: बुधबार, चैत २५, २०७७  १३:२६
प्रतिक्रिया दिनुहोस्