site stats
बाह्रखरी :: Baahrakhari
देश
उपत्यकाका राष्ट्रिय युवा परिषद्‍का २ सय ट्राफिक स्वयमसेवक परिचालन

काठमाडौँ । महानगरीय ट्राफिक प्रहरी महाशाखाले काठमाडौ उपत्यकाको ट्राफिक व्यवस्थापनलाई चुस्त,सहज बनाउन ट्राफिक स्वयंसेवक परिचालन गरेको छ ।

महाशाखा र राष्ट्रिय युवा परिषद्‍को समन्वयमा बिभिन्न कलेजका २०० जना बिद्यार्थीहरुलाई ट्राफिक महाशाखामा शिक्षण गरि काठमाडौँका विभिन्न चोक जक्सन, आकाशेपुल र जेब्राक्रसिङमा परिचालन गरिएको हो । महाशाखाले स्वयंसेवकलाई १० दिन सम्म उपत्यकाका विभिन्न सवारी चाप हुने स्थानमा परिचालन गर्ने जनाएको छ ।

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

उपत्यकाको सवारी चाप हुने तथा बढी पैदलयात्रु भीडभाड हुने स्थानमा सहज र सुरक्षित आवागमन गर्ने लक्ष्य सहित ट्राफिक स्वयंसेवक परिचालन गरिएको महाशाखाका एसएसपी जनक भट्टराईले बताए ।

एक मिनेट मात्रै सवारी सञ्चालनमा सहज भयो भने पनि राहत महसुस हुने भन्दै ट्राफिक स्वयंसेवकले वातावरण तयार पार्ने एसएसपी भट्टराईको विश्वास छ । 

प्रकाशित मिति: आइतबार, फागुन २३, २०७७  १२:०१
प्रतिक्रिया दिनुहोस्