
मुम्बई । साउथ इन्डियन सुपर स्टार प्रभासको बहुप्रतिक्षित चलचित्र ‘राधे श्याम’ टिमले प्रणय दिवसको अवसरमा चलचित्रको रिलिज मितिसहितको टिजर सार्वजनिक गरेको छ ।
सन् २०१८ मा चलचित्र निर्माणको घोषणा गरिएको यस चलचित्रको रिलिज मितिका लागि दर्शक निकै प्रतीक्षारत थिए । अन्तत: निर्माण टिमले यो लामो प्रतीक्षालाई तोड्दै १४ चलचित्र यहि जुलाई ३० मा रिलिज हुने घोषणा गरेका छन् ।
चलचित्रका मुख्य कलाकार प्रभास आफैंले पनि इन्स्टाग्राममार्फत चलचित्रको टिजर सार्वजनिक गर्दै यसबारे जानकारी दिएका हुन् । भिडियो सेयर गर्दै प्रभासले क्याप्सनमा मायाको दिन आरएसको झलक हेरेर मनाऔं भन्दै लेखेका छन् ।
सार्वजनिक टिजरमा प्रभास र पूजाको रोमान्टिक केमेस्ट्री देख्न सकिन्छ । चलचित्र हिन्दी, तेलुगुलगायत चार विभिन्न भाषामा विश्वभरि एकैसाथ रिलिज हुँदै छ । राधा कृष्ण कुमार निर्देशित/लिखित ‘राधे श्याम’ मा प्रभास र पूजा हेग्डेको मुख्य भूमिका छ ।