site stats
बाह्रखरी :: Baahrakhari
ब्लग
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
Tiktok banner adTiktok banner ad
त्यसपछि मलाई विदेश बस्न मन लागेन

गएको सन् २०१९ को डिसेम्बर महिनाको अन्तिमतिर कोरोना भाइरस फैलिएको समाचार आयो । अहिले संसारभर यसको संक्रमण भइसकेको छ । यसबाट लाखौंको मृत्यु भइसकेको छ भने कोरोडौं संक्रमित भइसकेका छन् । यो भाइरसको संक्रमण सुरुहुने बेलामा म वैदेशिक रोजगारीमा दुबईमा थिएँ ।

चीनको वुहान सहरबाट फैलिएको यो संक्रमणलाई विश्व स्वास्थ संगठनले विश्वव्यापी महामारीको संज्ञा दियो । भाइरसको संक्रमण धेरै फैलिएपछि विश्वभर बन्दाबन्दी ‘लकडाउन’ गरिएको थियो । सबै कामधन्दा छोडेर घरभित्रनै बस्नुपरेको थियो । यो भाइरसले गर्दा रोजगार गुम्यो । आय आर्जन हुने स्रोत नै बन्द भयो । फलस्वरूप, धेरै जना मानसिक तनावमा पुगे । कतिले तनाव खप्न नसकेर आत्महत्या गरे । कति त ‘डिप्रेसन’को सिकार समेत भए । मानिसहरुको जीवनशैली नै अस्तव्यस्त भयो । यस्तो समय आउला भनेर कहिल्यै सोचेका थिएनन् । अझै पनि दुक्क भएर हिँड्न सक्ने अवस्था छैन ।

स्थिति भयावह नै छ । जताततै डराउने समय आएको छ । आफ्नासँग पनि टाढा बस्नुपर्ने स्थिति छ । यो काभिड—१९ भाइरसको संक्रमण सुरु भएपछि मान्छेको सोचमै परिवर्तन आएको छ । भौतिक दूरी कायम राख्नुपर्ने छेउछाउ आउन नहुने, अलग अलग बस्नुपर्ने, नाकमुख छोपेर हिँँड्नुपर्ने कस्तो अनौठो रोग दुनियाँमा फैलियो भन्ने सबैलाई लागेको छ । 

कोरोना फैलिँदै गर्दा म दुबईमा रोजगारीमा थिएँ । भिसाको म्याद सकिनु एक महिना अगाडि काम बन्द भएको थियो । कतिको त रोजगारै गुमेको थियो । कतिको तलबमा कटौती गरिएको थियो । कोरोना भाइरसले गर्दा महिनौसम्म कोठामा बस्नु परेकोले मलाई बिस्तारै दुबई बस्न मन लाग्न छाडेको थियो । सन् २०१८ मे महीना म दुबई गएको थिएँ । नेपाल फर्किनका लागि धेरै संघर्ष गर्नुपरेको थियो । मैले पनि धेरै समस्याको सामना गर्नुपरेको थियो । हवाई उडान बन्द थियो । लकडाउनको समय थियो । एअरपोर्ट खुलेको थिएन । विदेश मोह पनि हद्दै गएको थियो । माक्स ग्लोब्स लगाएर हिड्नु पर्ने बाध्यता कुन बेला कस्तो समयमा कोरोनाले भेटाउन सक्छ डर पालेर बस्नु पर्थ्यो । भिसा पनि सकिन लागेको हुनाले फेरि भिसा थप्न मन लागेन। म जस्ता कयौं युवा – युवती फर्किन लागेका थिएँ ।

यस्तो नाजुक समयमा परिवारको साथमा बस्न पाए लागेको थियो । भिसाको म्याद सकिए पनि । कोठामै बस्नुपर्ने केही तनाव खेप्नुपरेको थियो । घर कहिले पुगिएला लागेको थियो । दुबई जानुभन्दा आउन समस्या पर्यो ।मसँगै काम गर्ने साथीहरू फर्किन नपाएर आत्तिएका पनि थिए । काम रोकिए पछि धेरै दिन कोठामै बसेकोले कोरोना कहरको कारणले मलाई विदेश बस्न मन छोड्यो त्यसपछि फर्किए । अहिले म नेपाल फर्किसकेको छु । दुबई फर्किएको पनि ४ महिना बितिसकेको छ । कोरोना कहरमै यो वर्षको दसैं तिहार पनि सक्यो । अहिलेको परिस्थिति झन् भयावह स्थिती छ । कतै घुम्ने साथीभाइसँग जमघट गर्ने त्यो समय पनि छैन । म नेपाल फर्किएको ४ महीना बित्दा पनि म गाडी चढेर कहिँ गएको छैन । अहिले पनि डरलाग्दो समय छ । सजगता सतर्कता अपनाउन जरुरी छ । लकडाउन हटेपनि हामी अझ पनि सुरक्षित महसुस गर्न सकिरहेको छैनौं ।
झापा बिर्तामोड
 

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, मंसिर १६, २०७७  ०८:५९
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro