site stats
बाह्रखरी :: Baahrakhari
विदेश
एक महिनामा २२ सय पराकम्प
NIC Asia Banner ad
Argakhachi Cement Island Ad

अल्बानिया । अल्बानियामा आएको पछिल्लो भूकम्पपछि अहिलेसम्म २२ सय भन्दा बढी पराकम्प आएका छन् ।
 
गत नोभेम्बर २६ तारिखका दिन ६.४ म्याग्नीच्युडको भूकम्प आएको थियो । त्यसपछिको एक महिनाको अवधिमा २२ सय भन्दा बढी पराकम्प आएको बताइएको छ ।
 
उक्त पराकम्पहरुको मापन भूगर्भ कार्यालयले गरेको अल्बानियाका भूकम्प विज्ञ रेक्सहेप कोसीले स्थानीय सञ्चार माध्यमलाई बिहीबार बताएका छन् ।
 
भूकम्प प्रभावित क्षेत्रमा अहिले पनि स्थिरता नभएको र स्थानीयवासिन्दा त्रसित नै रहेका अधिकारीहरुले जनाएका छन् । एक महिना अगाडी आएको भूकम्पमा परी ५१ जनाको मृत्यु हुनुको साथै अरु हजारौँ घरहरु भत्किएका थिए । - सिन्ह्वा 
 

प्रकाशित मिति: शनिबार, पुस १२, २०७६  ०२:४५
प्रतिक्रिया दिनुहोस्