site stats
बाह्रखरी :: Baahrakhari
विदेश
विकिपिडियामाथिको अवरोध खोल्न टर्कीलाई अदालतको आदेश
NIC Asia Banner ad
Argakhachi Cement Island Ad

अंकारा । टर्कीको संवैधानिक अदालतले विकिपिडियामाथि सरकारले लगाएको अवरोध असंवैधानिक भएको बताएको छ । अदालतले सो कार्य अभिव्यक्तिको स्वतन्त्रताको उल्लंघन भएको जनाउँदै सो अवरोध तत्काल हटाउन आदेश दिएको छ ।

टर्की सरकारले विकिपिडियामाथि सन् २०१७मा रोक लगाएको थियो । टर्की सरकारका विरुद्धमा लेख्ने वेवसाइटलाई  त्यहाँको सरकारले बन्द गर्ने क्रममा विकिपिडियामाथि रोक लगाएको थियो । विकिपिडिया फाउण्डेसनले सो प्रकरणमा गएको मे महिनामा युरोपियन कोर्ट अफ हुमन राइट्स (ईसीएचआर)मा पनि मुद्दा हालेको थियो । 

(बीबीसी)
 

प्रकाशित मिति: शुक्रबार, पुस ११, २०७६  ०९:३३
प्रतिक्रिया दिनुहोस्