site stats
बाह्रखरी :: Baahrakhari
विदेश
बीएचयूमा  पढाइँदै ‘भूत विद्या’, एकाएक चर्चा

नयाँ दिल्ली । भारतको बनारस हिन्दू विश्वविद्यालय अहिले चर्चामा आएको छ । सो विश्वविद्यालयमा  एउटा नयाँ कोर्शको पढाई शुरू गर्ने तयारी भएपछि यसको चर्चा भएको हो । जसमा आफूलाई भूत आएको वा भूतलाई देख्न सक्ने दाबी गर्नेको उपचार कसरी गर्ने भन्ने बारेमा चिकित्सकलाई सिकाउने जनाइएको छ । 

६ महिनाको यो कोर्श आउँदो जनवरीबाट शुरू हुने बताइएको छ । अधिकारीहरुका अनुसार यो कोर्शमा साइकोसेमैटिक डिस–अर्डरको बारेमा पढाइनेछ । यो कोर्श आयुर्वेद विभागद्वारा शुरू गर्न लागिएको हो ।

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

 बीएचयूका एक अधिकारीले सञ्चार माध्यमलाई जानकारी गराएअनुसार सो विश्वविद्यालयमा भूत विद्याको एक अलग इकाई स्थापना गरिएको छ । आयुर्वेद संकायकी डीन यामिनी भूषण त्रिपाठी भूत विद्या मुख्य रुपमा साइकोसेमैटिक डिस–अर्डरको बारेमा पढाइनेछ ।

जो अज्ञात कारणले हुने बिरामी र मन वा मानसिक स्थितीको रोग सम्बन्धी विषय हो । सन् २०१६मा नेशनल इन्स्टिच्युट अफ मेन्टल हेल्थ एन्ड न्यूरोसाइन्सले सार्वजनिक गरेको एक अध्ययन रिपोर्टमा १४ प्रतिशत भारतीय मानसिक रुपमा बिरामी भएको जनाइएको थियो । बीएचयूमा यस सम्बन्धी पढाई हुन लागेको बारेमा सामाजिक सञ्जालमा निकै चर्चा पाइरहेको छ ।
(बीबीसी)
 

प्रकाशित मिति: शुक्रबार, पुस ११, २०७६  ०९:१५
प्रतिक्रिया दिनुहोस्