site stats
बाह्रखरी :: Baahrakhari
विदेश
अपडेट : फिलिपिन्सको टाइफुनमा परि मृत्यु हुनेको संख्या २० पुग्यो

मनिला । फिलिपिन्समा आएको शक्तिशाली टाइफुनमा परी कम्तिमा २० जनाको मृत्यु भएको छ । मध्य फिलिपिन्समा आएको टाइफुनमा परी हजारौंको संख्यामा विस्थापित भएका छन् । 

अधिकांश रुख ढल्दा च्यापिएर र बिजुलीको तार सर्ट हुँदा करेन्ट लागेर मृत्यु हुने गरेको छ । हाल सेना, प्रहरी र स्वयंसेवक मिलेर उद्धार गरिरहेका छन् । 

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

क्रिसमसका दिन आएको उक्त टाइफुन 'फानफोन' ले बिदा मनाउन जान लागेका कैयौं मानिस समुद्री तट र विमानस्थलमा अलपत्र परेका छन् । समुद्रनजिक भएका घरहरु बाढीले तहसनहस
भएका छन् । रुख तथा बिजुलीका पोलहरु ढलेका छन् । विपत् उद्धार अधिकारीले क्रिसमसका दिनमा आएको टाइफुनले इलोइलोको बातड सहरमा बढी क्षति गरेको छ । 

"त्यहाँ तपाईं कसैलाई देख्‍न सक्नुहुन्छ । टाइफुनले बिजुलीका पोल ढलेर पूरा 'ब्लायक आउट' भएको छ । सहर एक 'भूतको सहर' जस्तो भएको छ," नागरिक सुरक्षा की क्षेत्रीय अधिकारी सिन्डी
फेरेरले भनिन् ।

टाइफुन बिहीबार दक्षिणी चिनियाँ समुद्र हुँदा बाहिरिएको छ । उक्त टाइफुन १२० किमि प्रतिघण्टाको गतिमा आएको बताइएको छ । -एपी न्युज

प्रकाशित मिति: बिहीबार, पुस १०, २०७६  १८:२६
प्रतिक्रिया दिनुहोस्