site stats
बाह्रखरी :: Baahrakhari
विदेश
'प्रदर्शनमा पत्रकारमाथि प्रहरीको दमम, रिपोर्टिङबाट रोक्न आँखामा खुर्सानीको धुलो'

हङकङमा जारी प्रदर्शनका क्रममा प्रहरीले पत्रकारलाई निशाना बनाएको हङकङ पत्रकार संघले जनाएको छ । बुधबार क्रिसमसका दिन भएको आन्दोलनको रिपोर्टिङका लागि गएका पत्रकारमाथि दुर्व्यवहार गरेको, शारीरिक रुपमा आक्रमण गरेको र प्रेस स्वतन्त्रतालाई अवमूल्यन गरेको संघको आरोप छ । 

प्रहरी अधिकारीहरुले मंगलबार क्रिसमस इभमा मोङकङमा भएको प्रदर्शनका क्रममा पनि पत्रकारलाई लात हानेको, पत्रकारको आँखामा उच्च प्रकाश भएको लाइट लगाएको र क्‍यामेरा तोडफोडसमेत गरेको संघले जारी गरेको विज्ञप्तिमार्फत् जनाइएको छ । 

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

प्रहरी अधिकारीहरुले पत्रकारलाई 'कक्रोच' को संज्ञा दिँदै गैरकानुनी रुपमा जम्मा भएको आरोपमा पक्राउ गर्ने धम्की दिएका थिए । प्रहरीले पत्रकारमाथि दुई सेल अश्रुँ ग्यास प्रहार गरेको समेत जनाइएको छ । 

बुधबार क्रिसमसको दिन लाङगम मलमा जारी प्रदर्शनको कभरेजबाट वञ्‍चित गर्न पत्रकारमाथि खुर्सानीको धुलो प्रहार गरेको संघको आरोप छ । संघले भनेको छ, " राज्यको चौथो अंग भएकोले पत्रकारको धर्म झडप भएका स्थानको रिपोर्टिङ गर्ने र जनतामाझ सार्वजनिक गर्ने हो । तर, प्रहरी प्रशासनले पत्रकारलाई बन्देज गर्ने किसिमले दुर्व्यवहार गरेको छ ।" 

गत महिना पत्रकार र प्रहरीबीच भएको वार्ताका क्रममा पत्रकारमाथि दुर्व्यवहार नगर्ने सहमति भएको भए पनि प्रहरीले पत्रकारमाथिको ज्यादती भने छोडेको छैन । 
 

प्रकाशित मिति: बिहीबार, पुस १०, २०७६  १७:२४
प्रतिक्रिया दिनुहोस्