
नयाँ दिल्ली । भारतमा हालै ल्याइएको नागरिकता संशोधन कानुन विरुद्धमा आन्दोलनको आह्वान गर्ने दलहरूलाई सरकारले पुर्जी काटेको छ । सो पुर्जीको व्यहोरा भारतका कम्युनिस्ट नेता सीताराम येचुरीले बिहीबार सार्वजनिक गरेका छन् ।
पूर्जीमा सीपीआईएमसहित अन्य वामपन्थी दलका नेता तथा उनीहरूको कार्यालमा स्थानीय प्रशासनले सूचना पठाएको जनाइएको छ । सो पत्रमा उनीहरूलाई ‘तपाईंको पार्टीको आह्वानमा १९ डिसेम्बरका दिन ठूलो संख्यामा मानिस सडकमा निक्लेकोमा हिंसा र धनजनको क्षति भएको छ ।
यसको जिम्बेवारी तपाईंले लिएर जवाफ दिनुहोस्, तपाईंका विरुद्धमा किन कारबाही नगर्ने ?’’
येचुरीले उत्तर प्रदेशका हरेक जिल्लामा जिल्ला अधिकारीहरूद्वारा पर्चा र पोस्टर छापेर सरकारको पक्षमा र विपक्षीको विरुद्धमा प्रचार गरिएको समेत जनाएका छन् । उनले सरकारको दमनकारी नीति आफूहरूलाई अस्वीकार्य रहेको समेत जनाएका छन् ।
(एजेन्सी)