विदेश

टोक्यो । जापानको सत्तारुढ पार्टीका एक जना सांसदलाई क्यासिनो सञ्चालकबाट ३.७ मिलियन येन अर्थात् करिब ३४ हजार डलर बराबरको घूस लिएको आशंकामा पक्राउ गरिएको छ ।
सुकासा अकिमोथो नामका ती सांसद प्रधानमन्त्री शिन्जो आबेको मन्त्रिमण्डलमा गएको अक्टोबरसम्म मन्त्री थिए । सरकारले ल्याउन लागेको क्यासिनो सम्बन्धी नीतिमा प्रभाव पार्नका लागि यसरी सांसदलाई घूस खुवाइएको बताइएको छ ।
४८ वर्षिय सुकासाले आफूले गल्ति गरेको भने अस्वीकार गरेका छन् । तर, उनको गिरफ्तारीले प्रधानमन्त्री आवेले ल्याउन लागेको क्यासिनो सम्बन्धी नीतिलाई प्रभाव पर्ने सम्भावना रहेको जनाइएको छ ।
उनलाई घूस खुवाउने क्यासिनोका तीन कर्मचारी पनि बुधबार पक्राउ परेको जनाइएको छ । (बीबीसी)
प्रकाशित मिति: बिहीबार, पुस १०, २०७६ १३:१२
प्रतिक्रिया दिनुहोस्