विदेश

मस्को । रुसमा एक विपक्षी अभियन्तालाई सेनाले अपहरण गरेको भनेर विवाद उत्पन्न भएको छ । रुसी विपक्षी नेता अलेक्सेइ नाभाल्नीले सो घटनाको निन्दा गरेका छन् ।
रुस्लान शाभेदिनोभ नामका एक युवालाई गएको सोमबार मस्कोस्थित उनकै घरबाट २ हजार किमी टाढाको दूर्गम नोभाया जेम्ल्या क्षेत्रमा लगिएको जनाइएको छ । ती अभियन्ता सेनाको जागिर छोडेका व्यक्ति हुन् ।
सैनिक अधिकारीहरुले चाहिँ उनलाई अनिवार्य सैनिक तालिम लिनुपर्ने नियम तोड्ने व्यक्तिका रुपमा व्याख्या गरेका छन् । रुसमा १८ देखि २७ वर्षको उमेरमा मेडिकल कारण बाहेक सबैलाई १२ महिना सैनिक सेवामा काम गर्नु अनिवार्य रहेको छ । (बीबीसी)
प्रकाशित मिति: बिहीबार, पुस १०, २०७६ ०८:३०
प्रतिक्रिया दिनुहोस्