site stats
बाह्रखरी :: Baahrakhari
विदेश
भारतमा सरकारी सम्पत्तिमा नोक्सान पुर्‍याउनेलाई गोली हान्‍न मन्त्रीको चेतावनी

नयाँ दिल्ली । भारतका एक केन्द्रीय मन्त्रीले भारतको सरकारी सम्पत्तिमा नोक्सान पुर्‍याउनेलाई गोली हान्‍न चेतावनी दिएका छन् । 

मंगलबार भारतीय रेल राज्यमन्त्री सुरेश अंगडीले सरकारी सम्पत्ति तोडफोड गर्ने तथा नोक्सान पुर्‍याउने जोकोहीलाई पनि गोली हान्‍न जिल्ला प्रशासन तथा रेलवे अधिकारीहरुलाई चेतावनी दिएका हुन् । 

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

उनले भारतीय समाचार संस्था एएनआईसँगको कुराकानीका क्रममा भने, "यदी कोही सरकारी सम्पत्तिमा नोक्सान पुर्‍याउँछ भने त्यसलाई उक्त स्थानमै गोली हान्‍न जिल्ला प्रशासन र रेलवे अधिकारीलाई गम्भीर चेतावनी दिन्छु ।"

भारतमा नागरिकता संशोधन कानुनको विरोधमा विगत एक सातादेखि आन्दोलन भइरहेको छ । सीलमुरमा भएको प्रदर्शनका क्रममा १५ प्रहरीसहित २१ जना घाइते भएका छन् । प्रहरीले पाँच जनालाई प्रदर्शनकारीलाई नियन्त्रणमा लिएको छ । 

जामिया मिलिया इस्लामीय विश्वविद्यालयमा भएको हिंसामा भारतीय विपक्षी दल भारतीय कांग्रेसका पूर्वसांसद असिफ खानविरुद्ध मुद्दा दर्ता गरेको छ । उक्त विश्वविद्यालयमा आइतबार प्रहरी पसेर आन्दोलनको तयारीमा रहेका विद्यार्थीलाई निर्घात कुटपिट गरेको थियो । खानविरुद्ध विद्यार्थीलाई हिंसाका लागि प्रोत्साहित गरेको आरोप छ । 

प्रकाशित मिति: मंगलबार, पुस १, २०७६  २३:०३
प्रतिक्रिया दिनुहोस्