site stats
बाह्रखरी :: Baahrakhari
विदेश
स्पेनको ‘स्पेसल फोर्स’ मा महिलाहरुको नियुक्तिमा जोड दिइँदै

बीबीसी । स्पेनको रक्षा मन्त्रालयले महिलाहरुका लागि ‘स्पेसल फोर्स’ मा अझ बढी अवसरहरु खुलाएको छ । रक्षा मन्त्री मार्गरिटा रोबल्सले विश्वव्यापी हिंसा र आतङ्कको समस्या समाधानको अन्तर्राष्ट्रिय प्रयासमा महिलाहरुको भूमिका बढाउनका निम्ति यस्तो निर्णय लिइएको बताइएकी हुन् । 

विशेषगरी इराक लिबिया जस्ता क्षेत्रमा संयुक्त राष्ट्र संघ र नाटोद्वारा नेतृत्व गरिएका मिसनमा अरबी भाषा बोल्ने महिलाहरुको अधिक आवश्यकता पर्ने गरेको छ । यसबीच रोबल्स स्पेसल अपरेसनका लागि आर्मी कमान्डको भ्रमणमा पुग्दा त्यहाँ केही महिलाहरु वरिष्ठ युनिटमा समावेश रहेका थिए । राबासास्थित कमान्ड सेन्टर एमओइमा बिहिबार मात्र उनले अफगानिस्तान र इराकमा आतङ्ककारी समुहसँगको लडाईँको अभ्यास हरेकी हुन् । यसपछि नै उनले सेनाबल आधुनिक प्रविधिका आधारमा मात्र तयार नभएर तिनको सामाजिक र सांस्कृति पक्ष पनि बुझ्न सक्षम हुनुपर्ने बताएकी हुन् । विशेषगरी मुसल्मान प्रधान मुलुकहरुमा कुनै महिलाबाट जानकारी लिनु परेमा पुरुष सेनालाई पठाउनु उचित नहुने गरेको पाइएकाले पनि विशेष मिसनहरुमा महिलाको भूमिका बढी उपयुक्त मानिन्छ । 

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

यसरी थुप्रै रुढीवादी समाजमा महिलालाई विदेशी पुरुषसँग काम टाढै राखिने गरिएको छ । तर अप्रिलमा एमओइ भ्रमणमा गएपछि महत्वपूर्ण मिसनहरुमा महिलाहरुलाई अझ बढी संलग्न गराएर आफूले सो प्रवृत्तिमा बदलाव ल्याउन चाहेको उनले बताएकी हुन् । यसरी १९९९ देखि नै स्पेनले सेना नियुक्तिमा महिलाहरुलाई रोजगारी प्रदान गर्दै आएको छ जसकारण पनि अहिले त्यहाँको सुरक्षा सेना बलमा १२.७ प्रतिशत महिला छन् जुन अन्य नाटो सदस्यको औसत भन्दा धेरै हो । यसरी महिला सेना नियुक्त गर्नमा हङ्गेरी १९.३ प्रतिशतले विश्वमै सबैभन्दा अगाडि रहेको छ भने त्यसपछि स्लोभेनिया (१६.५) , अमेरिका (१६.२) अनि स्पेन रहेका छन् ।

फ्रान्स, जर्मनी, बेलायत र नेदरल्यान्ड स्पेन भन्दा पछाडि छन् । यसअघि अप्रिलमा भएको सम्मेलनमा संयुक्त राष्ट्र संघका सुरक्षा सचिव एन्टोनियोले पनि विश्व शान्ति मिसनहरुमा महिलाको सहभागीता वृद्धि गराइ उनीहरुको भूमिका बढाउन अपील गरेका थिए । 

प्रकाशित मिति: बुधबार, पुस २, २०७६  ०६:१०
प्रतिक्रिया दिनुहोस्