site stats
बाह्रखरी :: Baahrakhari
विदेश
बैंकबाट चोरी गरेको पैसा सामाजिक सञ्जालमा एकमुष्ठ पोस्ट गरेपछि...

एजेन्सी । नर्थ क्यारोलिनास्थित एक बैंकका कर्मचारीले बैंकको भल्टबाट चोरी गरि सामाजिक सञ्जालमा गर्वसाथ त्यसको तस्बिर पोस्ट गरेका छन् । उनले हातभर एकमुष्ठ पैसा बोकेर आफ्नो फेसबुक र इन्स्टाग्राम अकाउन्टमा तस्बिर राखेको बताइएको छ । 

२९ वर्षीय अलान्दोले १८ पटक भिन्दाभिन्दै अवस्थाा ८८ हजार डलरसम्म चोरी गरेको शुक्रबार सार्वजानिक एफबीआइ रिपोर्टमा उल्लेख गरिएको छ । रिपोर्टका अनुसार उनले बैंकका ग्राहकहरुले डिपोजिट गराउन ल्याएको रकम भल्टबाट लिएर व्यक्तिगत रुपमा खर्च गरेका हुन् । यति मात्र नभएर चोरी लुकाउनका लागि उनले पैसा लिइसकेपछि बैंकमा झुटा रेकर्डहरु समेत दर्ता गराएका हुन् । यसरी उनले आफू काम गर्ने नजिकैको अर्को बैंकको एटिएममा चोरीको पैसा जम्मा गराउने गरेको पनि पत्ता लागेको छ । हेन्डरसनलाई अहिले पक्राउ गरि सेन डिएगोमा राखिएको छ । 

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

हेन्डरसनले २०१९ मा जुलाई र अगस्टकाबीचमा सामाजिक संजालमा मुठीभर क्यास पैसा बोकेको तस्बिर पोस्ट गरेका थिए भने सजिलो देखिएपनि आफूले त्यसका लागि एउटा निश्चित प्रक्रिया अपनाएको भनि लेखेका लेखेका थिए ।

यसपछि उनले नयाँ मर्सिडिज बेन्ज खरिद गरि २० हजार डलरको डाउन पेमेन्टका लागि अर्को वित्तिय संस्थाबाट ऋण लिन बैंकका झुटा रेकर्ड तयार पारेका हुन् । त्यसको तीन महिनापछि मात्र उनी पक्राउ परेका छन् । उनलाई ३० वर्षसम्मको जेल सजायँ हुन सक्छ भने १० लाख डलरसम्मको जरिवानाको सजायँ हुन सक्छ ।  उनीमाथि धोका, चोरी, गलत व्यवहार, पदको दुरुपयोगलगायत, ठगीसहितका अभियोगमा अधिकतम तीस वर्षसम्मको जेल सजाय र १० लाख डलरको जरिवाना हुन सक्छ । – सीएनएन 
 

प्रकाशित मिति: बुधबार, पुस २, २०७६  ०६:२५
प्रतिक्रिया दिनुहोस्