नयाँ दिल्ली । भारतको राजधानी नयाँ दिल्लीमा जामिया युनिभर्सिटीको आपसमा एक जना २२ वर्षीय युवकलाई समातेर प्रहरीले कटबाँसले कुट्दै गरेको र उनलाई महिलाहरुले जोगाएको भिडियो भाइरल भएको छ ।
गएको आइतबार राति सो क्षेत्रमा व्यापक प्रदर्शन र आगजनी भएको थियो । घर भित्र बसिरहेका युवालाई प्रहरीले बाहिर निकालेर कुटेको आरोप लगाइएको छ । यसरी कुटिएका युवकलाई जोगाउन प्रयास गर्ने मध्येकी एक युवती लादिदा फर्जानाले बीबीसीसँगको कुराकानीमा आफूहरुले साथीलाई जोगाउन खोजेको बताएकी छन् ।
एक मिनेटभन्दा कम समयको सो फुटेजले प्रहरीले गरेको दमनको धज्जी उडाएको छ । सो कुटपिटमा पर्ने युवक २२ वर्षीय शाहिन अब्दुल्लाह भएको बताइएको छ । सोमबार उनको अनुहारका विभिन्न भागमा चोटपटक लागेको देखाइएको थियो । उनले आफूले निरन्तर रुपमा प्रदर्शन गर्ने जनाएका छन् । सो विधेयकका कारण अब भारतमा आफूलाई र ती युवतीहरुलाई मात्रै होइन सबै मुश्लिमलाई यस्तै हुने जनाएका छन् ।
आइतबारकै दिल्लीको घटनामा भारतीय प्रहरीले गोली हानेको कुरा अस्वीकार गरे पनि सर्वसाधारणले भने गोली प्रहार गरिएको आरोप लगाएका छन् । कम्तिमा तीन जनाले आफूहरुलाई प्रहरीले गोली हानेको जनाएका छन् । तर प्रहरीले भने उनीहरुलाई अश्रु ग्यास चलाउने उपकरण फुट्दा चोट लागेको दाबी गरेको छ ।