site stats
बाह्रखरी :: Baahrakhari
विदेश
पाकिस्तानका पूर्वराष्ट्रपति मुशर्रफलाई मृत्युदण्डको सजाय

इस्लामावाद । पाकिस्तानको लाहौर उच्च अदालतले पूर्वराष्ट्रपति जनरल परवेज मुशर्रफलाई देशद्रोहमा मामिलामा मृत्युदण्डको सजाय सुनाएको छ । दुबईमा स्वास्थ्य उपचार गराइरहेका मुशर्रफलाई उच्च अदालतको तीन सदस्यीय बेञ्चले बहुमतबाट मृत्यु दण्डको सजाय सुनाएको हो ।  

केही दिनअघि उनले एक भिडियो सन्देशमार्फत् आफ्‍नो स्वास्थ्य अवस्था खराब रहेको बताउँदै जाँच आयोगलाई दुबई आएर अवस्था बुझ्न आग्रह गरेका थिए । संविधानको अवहेलना र गम्भीर देशद्रोहको मुद्दामा उनले भनेका थिए, “यो मामिला मेरो विचारमा पूर्णतया निराधार हो । देशद्रोहको कुरा छोड्नुस्, मैले त देशको धेरै सेवा गरेको हुँ, युद्ध लडेको हुँ र १० वर्षसम्म देशको सेवा गरेको थिएँ ।”

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

संविधानको अवहेलनामा अदालतमा आफ्नो सुनवाई नभइरहेको भिडियोमार्फत् उनले दाबीसमेत गरेका थिए । “मेरा वकिल सलमान सफदरलाई न्यायालयले सुनिरहेको छैन । मेरो विचारमा यो अत्यन्तै ज्यादति हो र मलाई न्याय गरिदैँछैन्,” मुशर्रफले भनेका थिए । 

के हो घटना ? 

इस्लामावादको विशेष न्यायालयले ३१ मार्च, २०१४ मा देशद्रोहको मामिलामा  पाकिस्तानका पूर्व सैनिक राष्ट्रपति जनरल (रिटायर्ड) परवेज मुशर्रफलाई अभियुक्त बनाएको थियो । उनी संविधानको अवहेलनाको मुद्दा चलाइएका पाकिस्तानको इतिहासमै पहिलो व्यक्ति हुन् ।
 
२०१३ मा चुनाव जितेर पाकिस्तान मुस्लिम लीग (नवाज) ले सरकारको नेतृत्व गरेको थियो । लीगले सरकारको नेतृत्व सम्हालेपछि गएपछि पूर्वसैनिक राष्ट्रपति परवेज मुशर्रफविरुद्ध संविधानको अवहेलनाको मुद्दा दायर गरिएको थियो । 

पूर्व सैन्य राष्ट्रपतिविरुद्धको गम्भीर देशद्रोह मुद्दाको सुनवाई गर्ने विशेष न्यायालयका चार प्रमुख परिवर्तन भएका थिए । अभियुक्त मुशर्रफमात्र एक पटक विशेष न्यायालय समक्ष उपस्थित भएका थिए । आरोप लागेपछि एक पटकमात्र अदालत गएका उनी त्यसपछि कहिल्यै उपस्थित भएनन् । 

अदालतमा मुद्दा विचाराधिन रहेकै समयमा मुशर्रफ मार्च २०१६ मा स्वास्थ्य कारण देखाउँदै विदेश गए । तत्कालीन सत्ताधारी पार्टी मुस्लिम लीग (नून) ले एक्जिट कन्ट्रोल लिस्टबाट उनको नाम हटाएको थियो । तत्पश्चात उनलाई देश छोडेर जाने अनुमति दिइएको थियो ।  - बीबीसी

प्रकाशित मिति: मंगलबार, पुस १, २०७६  १३:०९
प्रतिक्रिया दिनुहोस्