
नयाँ दिल्ली । भारतका गृहमन्त्री तथा भाजपाका अध्यक्ष अमित शाहले आगामी चार महिनामा नै अयोध्यामा आकाश छुने राम मन्दिर बनाइने जनाएका छन् । टाइम्स अफ इण्डियाले जनाएअनुसार झारखण्डको पाकुड र गोड्डा जिल्लामा अलग अलग र्यालीलाई सम्बोधन गर्दै उनले सोमबार सो कुरा बताएका हुन् ।
उनले सर्वोच्च अदालतले सो विषयमा फैसला गरिसकेको जनाउँदै भनेका छन्,‘‘यसले राम मन्दिर बनाउने बाटो खुलेको छ । र, लामो समयदेखि रहेको विवाद पनि अन्त्य भएको छ । कंग्रेसले यो मामिला अड्काउने षडयन्त्र गरेको थियो । कपिल सिब्बलले यो वर्ष सुनुवाई रोक्ने प्रयास गरेका थिए । तर, सर्वोच्च अदालतले त्यसमा ध्यान दिएन र एक मतले फैसला गरेको छ । अब अयोध्यामा चार महिनाभित्र आकाश छुने राम मन्दिर बन्नेछ ।’’