
नयाँ दिल्ली । भारतमा दर्जनभन्दा बढी सहर भूकम्पको उच्च जोखिममा रहेको जनाइएको छ । उक्त सहरमा भूकम्पले अत्यधिक क्षति गर्ने भूकम्प विपद् जोखिम सूचकांकको प्रतिवेदनले जनाएको छ ।
मुलुकभर ५० सहरहरुमा भूकम्पीय सक्रियता रहेको उक्त नयाँ अध्ययनले जनाएको छ । जसअनुसार मुलुकको ५९ प्रतिशत भाग भूकम्पीय जोखिममा रहेको उक्त अध्ययनले देखाउछ । विगतमा भएको क्षतिभन्दा अबको भूकम्पले ९० प्रतिशत क्षति भवन भत्किँदा हुने जनाइएको छ ।
आईआईआईटी-हैदरावादको सहकार्यमा राष्ट्रिय विपद् व्यवस्थापन प्राधिकरणले तयार पारेको उक्त अध्ययनमा कुनै निश्चित स्थानमा कतिपटकसम्म भूकम्प जान्छ भन्ने कुराभन्दा पनि भूकम्प जाँदा कति मानिहरुलाई प्रभावित गर्छ र सहरमा कति भवनहरु भत्किन्छन् भन्ने विस्तृत विवरण प्रस्तुत गरेको छ ।
उक्त अध्ययन प्रतिवेदन अनुसार ५० मध्ये १३ सहरहरु भूकम्पको उच्च जोखिममा छन् भने १५ सहरहरु मध्यम जोखिममा छन् । "यस दृश्यले मुलुकमा तत्काल पूर्वतयारी थालनी गर्नुपर्ने संकेत गरेको छ, " अध्ययनमा भनिएको छ । - स्क्रोल डट इन