site stats
बाह्रखरी :: Baahrakhari
विदेश
ओबामा भन्छन्- पुरुषभन्दा महिलाले विश्व चलाउन सक्छन्, वृद्ध पुरुष शासक हुनु समस्या

सिंगापुर । अमेरिकाका पूर्वराष्ट्रपति बाराक ओबामाले विश्वका सबै देशहरुमा महिला अघि बढ्ने हो भने जीवनस्तर राम्रो बनाउन मद्दत पुग्ने जनाएका छन् । 

सिंगापुरमा आबोमा फाउण्डेसनको कार्यक्रममा बोल्दै उनले महिलाहरु पूर्ण नभएपनि पुरुषभन्दा विवादरहित रुपमा राम्रो भएको जनाएका छन् । उनले विश्वको सबैभन्दा समस्या भनेको वृद्ध पुरुष जो शक्ति लिएर बसेका छन् उनीहरु नै भएको जनाएका छन् ।

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

उनले राजनीतिक ध्रुवीकरण र सामाजिक सञ्जालमार्फत गलत कुरा फैलाइने गरेको प्रसंगमा समेत चर्चा गरेका छन् ।

उनले यदि विश्वका सबै देश महिलाले चलाउने अवस्था आयो भने सबै कुरामा अहिलेकोभन्दा सुधार हुने कुरामा आफू पूर्णरुपमा विश्वस्त रहेको जनाएका छन् । 

उनले विश्वका पुरुष शासकतर्फ इंगित गर्दै तपाईंहरु त्यहाँ गएको काम गर्नको लागि भएको बताएका छन् । - बीबीसी


 

प्रकाशित मिति: सोमबार, मंसिर ३०, २०७६  १४:४७
प्रतिक्रिया दिनुहोस्