site stats
बाह्रखरी :: Baahrakhari
विदेश
उत्तर कोरियालाई वार्तामा आउन अमेरिकाको आग्रह 

सिओल । उत्तर कोरियाका लागि संयुक्त राज्य अमेरिकाका विशेष प्रतिनिधि स्टेफेन बिगनले उत्तर कोरियालाई वार्ताको टेबलमा आउन आग्रह गरेका छन् । उत्तर कोरियाले स्याटेलाइट लञ्‍च साइटमा 'महत्वपूर्ण परीक्षण' गरेको समाचार सार्वजनिक भएको केही दिनपछि सिओलबाट उनले प्रतिक्रिया दिँदै भने, "हामी यहाँ छौं, यही वार्ताको टेबलबाट समस्या समाधान गरौं ।"

उत्तर कोरियाले यही वर्षको अन्त्यमा अमेरिकालाई प्रतिबन्ध हटाउने गरी निसशस्त्रीकरण नयाँ योजनासहित आउन आग्रह गरेको छ । उत्तर कोरियाले अमेरिकाले नयाँ योजनासहित वार्तामा नआएमा 'अशुभ क्रिसमस गिफ्ट' दिने चेतावनीसमेत दिएको छ । 

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

विशेष प्रतिनिधि बिगनले उत्तर कोरियाको अभिव्यक्ति 'द्वेषपूर्ण', 'नकारात्मक' र 'अनावश्यक' रहेको टिप्पणी गरेका छन् । उनले अमेरिकासँग लक्ष्य रहेको तर कुनै डेडलाइन नभएको बताएका छन् । 

बिगनले उत्तर कोरियाले अमेरिकासँग वार्ताका माध्यमबा समस्याको समाधान खोज्नुपर्ने दाबी गरेका छन् । "यो हामीले हाम्रो काम गर्ने समय हो । यो काम गरौं । हामी यहाँ र उत्तर कोरियालाई थाहा छ कि यहाँ कसरी पुग्न सकिन्छ," बिगनले चेतावनीपूर्ण भाषामा उत्तर कोरियालाई भने । 

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले उत्तर कोरियाले पूर्णरुपमा परमाणु निसशस्त्रीकरण नगरुन्जेलसम्म प्रतिबन्ध नहटाउने बताएका छन् । तर, उत्तर कोरियाले भने अमेरिकाले स्वीकार्य प्रस्ताव नआएमा 'नयाँ तरिका' अपनाउने बताएको छ । 

उत्तर कोरियाले अमेरिकासँगको वार्ताका लागि ढोका बन्द भएको सन्देश प्रवाह गर्ने किसिमले मिसाइल परीक्षणमा जोड दिएको छ । ८ डिसेम्बरमा उत्तर कोरियाले "अति महत्वपूर्ण" मिसाइल परीक्षण गरेको बताएको थियो । एक साता नबित्दै फेरि १४ डिसेम्बरमा उत्तर कोरियाले अर्को परीक्षण गरेको थियो ।  - बीबीसी

प्रकाशित मिति: सोमबार, मंसिर ३०, २०७६  १४:३०
प्रतिक्रिया दिनुहोस्