site stats
बाह्रखरी :: Baahrakhari
बाह्रखरी गल्फ
Nabil BankNabil Bank
रेकर्ड ब्रेकको नयाँ अनुभवः घले  
Sarbottam CementSarbottam Cement

काठमाडौं । कर्पोरेट गल्फर दमन घलेले विश्वको सबैभन्दा उचाइमा भएको एनसेल बाह्रखरी गल्फमा सहभागी भएर आफुले रेकर्ड ब्रेक गर्दा नयाँ खालको अनुभव भएको बताएका छन् ।  हिमालको फेँदमा गल्फ खेल्न पाउनु आफ्नो लागि एक बेग्लै खालको अनुभव भएको पनि बताए ।   बिहीबार विश्वकै सबैभन्दा उचाइमा बाह्रखरीको वार्षिक ‘आमन्त्रण गल्फ’ प्रतियोगिता अन्तर्गत थप कर्पोरेट गल्फरहरुले सहभागिता जनाएका थिए । चार हजार दुई सय पचास मिटरको उचाइमा रहेको कोङ्दे रीमा भएको यो गल्फ प्रतियोगिता संसारकै सबैभन्दा उचाइमा भएको हो ।

“हिमालको फेदमा गल्फ खेल्न पाउनुको अनुभुति बेग्लै भएको छ । अझै भनौँ रेकर्ड ब्रेक गल्फ प्रतियोगिताको नयाँ हिस्सा बन्न पाएको छु । गल्फ खेलाडीहरुका लागि पनि यो ठाँउ नयाँ केन्द्रबिन्दु बन्न सक्छ । विदेशी पर्यटक भित्र्याउने नयाँ माध्यम पनि यो प्रतियोगिताबाट हुने मेरो अनुभव छ,” घलेले भने ।
दुई चरणमा हुने प्रतियोगितामा पहिलो चरण सम्पन्न भएको छ भने दोस्रो चरणमा काठमाडौंको गोकर्ण रिसोर्टमा एकसय जति खेलाडीहरुले प्रतिस्पर्धा गर्नेछन्  । 

Prabhu Bank
Agni Group
NIC Asia

नेपाल भ्रमण वर्ष २०२० को प्रवर्द्धनमा उल्लेखनीय सहयोग पुग्ने अपेक्षाका साथ आयोजना भएको प्रतियोगितामा यसअघि १४ कर्पोरेट गल्फर र दुईजना विदेशी खेलाडीले पनि सहभागिता जनाइ सकेका थिए । “मेरो १४ वर्षको गल्फ करियरमा यो नयाँ अनुभव हो । हिउँ परिरहेको समयमा खेल्दा झनै रमणीय क्षण भएको थियो । यो प्रतियोगितालाई हामीले प्रतियोगिताको रुपमा मात्र नहेरेर गल्फ प्रतियोगिताबाट पर्यटक लोभ्याउने माध्यमको रुपमा पनि लिन सक्दछौँ,” घलेले भने । 


 

Global Ime bank

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, कात्तिक ७, २०७६  १५:३५
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement