site stats
बाह्रखरी :: Baahrakhari
बाह्रखरी गल्फ
Nabil BankNabil Bank
एनसेल बाह्रखरी गल्फको तयारी पूरा, पर्यटन प्रवर्द्धनमा टेवा पुग्ने अपेक्षा  
Sarbottam CementSarbottam Cement

काठमाडौं । बाह्रखरी मिडिया प्रालिको वार्षिक इभेन्ट ‘आमन्त्रण गल्फ प्रतियोगिता’को तेस्रो संस्करणको तयारी पूरा भएको छ । आगामी अक्टोबर २० तारिखबाट हुने प्रतियोगिताको तयारी पूरा भएको हो । नेपाल भ्रमण वर्ष २०२० को प्रवर्द्धनमा उल्लेखनीय सहयोग पुर्‍याउने उद्देश्यका साथ प्रतियोगिता आयोजना गरिएको हो ।
सगरमाथा क्षेत्रमा आयोजना हुने प्रतियोगिता अक्टोबर २० का दिन ४२ सय ५० मिटर उचाइमा रहेको कोङ्दे री मा खेलाइनेछ, जहाँ ४० बढी कर्पोरेट गल्फरले एक पार–३ कोर्समा प्रतिस्पर्धा गर्नेछन् ।  

प्रतियोगिताका लागि आवश्यक अन्य तयारी पूरा भएको बाह्रखरी मिडियाका उप–महाप्रबन्धक सूर्य घिमिरेले जानकारी दिए ।

Prabhu Bank
Agni Group
NIC Asia

“यति ठूलो प्रतियोगिता आयोजना गर्न पाउँदा हामी धेरै उत्साहित छौं । प्रतियोगितामा सहभागी हुन अन्तर्राष्ट्रिय खेलाडी र समाचार संकलनका लागि अन्तर्राष्ट्रिय मिडियाका दर्जन बढी संस्थाबाट पत्रकारहरु आउने क्रम सुरु भएको छ । प्रतियोगिता निकै रोमाञ्चक र सफल हुने हाम्रो अपेक्षा छ,” घिमिरेले भने ।  

प्रतियोगिता दुई चरणमा हुनेछ । पहिलो चरण कोङ्देमा २० तारिखमा हुनेछ, जसमा ४० बढी गल्फरहरुले एक होल खेल्नेछन् र दोस्रो चरणमा सबै गल्फरले अक्टोबर २६ का दिन काठमाडौंको गोकर्ण रिसोर्टमा बाँकी रहेका १७ होल खेल्नेछन् । दोस्रो चरणमा अन्य खेलाडी पनि सहभागी हुनेछन् । दुई चरणमा गरी करिब एकसय गल्फरले प्रतिस्पर्धा गर्नेछन् ।

Global Ime bank

“हाम्रो मुख्य उद्देश्य नै पर्यटन प्रवर्द्धन गर्नु हो । विदेशबाट आएका खेलाडी र पत्रकारहरुले सगरमाथा क्षेत्रमा हुने गल्फमा सहभागितासँगै देशका अन्य रमणीय ठाँउको अवलोकन पनि गर्नेछन् । हामीले उनीहरुलाई पोखरा, काठमाडौंका रमणीय स्थानका बारेमा पनि जानकारी गराउनेछौं । जसले गर्दा पर्यटन प्रवर्द्धनमा थप टेवा पुग्नेछ । अन्तर्राष्ट्रिय मिडियाका पत्रकारहरु आउने भएकाले नेपाली पर्यटकीय क्षेत्रको पनि पचार हुनेमा हामी विश्वस्त छौँ,” घिमिरेले भने ।

प्रतियोगितामा बाह्रखरी गोल्डेन बल तथा अन्य आकर्षक पुरस्कारको व्यवस्था गरिएको छ । 

गोकर्ण गल्फ क्लबको प्राविधिक सहयोगमा सगरमाथा क्षेत्रको कोङ्दे री मा वान होल गल्फ कोर्स तयार हुँदैछ । एनसेल बाह्रखरी गल्फ नेपालको सबैभन्दा उचाइमा गरिएको पहिलो गल्फ प्रतियोगिता हो । प्रतियोगितालाई संसारकै सबैभन्दा अग्लो ठाउँमा खेलिएको ‘रेकर्ड ब्रेकिङ गल्फ इभेन्ट’ हुने अपेक्षा आयोजकको छ ।
सगरमाथा क्षेत्रमा हुने पहिलो चरणको प्रतियोगितामा खेलाडी तथा अन्तर्राष्ट्रिय पत्रकारहरु गरी एकसय भन्दा बढीको उपस्थिति रहनेछ ।
 

NIBLNIBL
प्रकाशित मिति: सोमबार, असोज २७, २०७६  १८:३९
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement