site stats
बाह्रखरी :: Baahrakhari
साहित्य
उपन्यास ‘सिडनी सपना’ माथि विमर्श
NIC Asia Banner ad
Argakhachi Cement Island Ad

विराटनगर । कवि जगन्नाथ गुरागाई साहित्य प्रतिष्ठानद्वारा विराटनगरमा हालै आयोजित विशेष कार्यक्रममा सानु घिमिरे लिखित उपन्यास ‘सिडनी सपना’ माथि अन्तरक्रिया सम्पन्न भएको छ ।   कार्यक्रमका प्रमुख अतिथि सहित्यिक पत्रकार रोचक घिमिरेले जगन्नाथ गुरागाईले नेपाली साहित्यमा पु¥याएको योगदानको चर्चा गर्दै उनको नाममा प्रतिष्ठान गठन गरेर विराटनगरका स्रस्टाहरुले स्तुत्य काम गरेको बताए । 

नेपाली लेखक संघ मोरङका अध्यक्ष गोकुल अधिकारीले जगन्नाथ प्रतिष्ठानले सानू घिमिरे जस्ता उदीयमान स्रस्टाहरुलाई प्रकाशमा ल्याउने काम आरम्भ गर्नु प्रशंसनीय भएको बताए ।  उपन्यास ‘सिडनी सपना’ माथि साहित्यकार दधिराज सुवेदी र कवि कुन्ता शर्माले समीक्षात्मक टिप्पणी गरेका थिए । 

प्रतिष्ठानका अध्यक्ष कवि राधिका गुरागाईको सभापतित्वमा सम्पन्न कार्यक्रममा डा. गोपाल भण्डारी, कविराज न्यौपाने, मीनकुमार नबोदित, गङ्गा सुवेदीलगायतले बोलेका थिए ।  कवि टीका आत्रेय लगायतका कविहरूले ‘आमा’ माथि लेखिएको कविता वाचन गरेका थिए । 
 

प्रकाशित मिति: सोमबार, वैशाख २३, २०७६  ०७:१२
प्रतिक्रिया दिनुहोस्