site stats
बाह्रखरी :: Baahrakhari
साहित्य
बलिउड मुभी  ‘इन्डियाज् मस्ट वान्टेड’मा नेपालका सिन, नेपाली कलाकार पनि फिचर्ड

काठमाडौं । बलिउड मुभी ‘इन्डियाज् मस्ट वान्टेड’ को ट्रेलरमा अधिकांश सिन नेपालको समेटिएको छ ।

आज सार्वजनिक ट्रेलरमा नेपालका प्रशस्त सिन देख्न सकिन्छ । काठमाडौंको न्युरोड, पोखराको फेवा ताल, बसपार्क, केही होटल तथा नेपालका प्रसस्थ सडकका सिन देखिन्छ ।

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

अर्जुन कपूरको मुख्य भूमिका रहेको चलचित्रको ट्रेलरमा काठमाडौं र पोखराका सिन देख्न सकिन्छ । सत्य घटनामा आधारित भनिएको उक्त चलचित्र अघिल्लो वर्ष नेपालमा छायांकन गरिएको थियो । 

ट्रेलरमा रवी गिरी लगायत केही नेपाली कलाकारहरु पनि देखिन्छन् । गिरी पुलिस अफिसरका रुपमा देखिएका छन् । 

अपराधीलाई खोज्न ५ जना पुलिस अफिसरको संघर्षलाई समेटिएको क्राइम थ्रीलर ‘इन्डियाज् मस्ट वान्टेड’लाई राजकुमार गुप्ताले निर्देशन गरेका हुन् । चलचित्र मे २४ मा रिलिज हुँदैछ ।

प्रकाशित मिति: बिहीबार, वैशाख १९, २०७६  १५:२५
प्रतिक्रिया दिनुहोस्