site stats
बाह्रखरी :: Baahrakhari
साहित्य
सत्यमोहन जोशीको सयौं जन्मोत्सव ललितपुरमा वर्षैभरी मनाइने, वैशाख ३० गते सार्वजनिक विदा

काठमाडौं । संस्कृतिविद् सत्यमोहन जोशीको जन्मोत्सव ललितपुर महानगरपालिकाले वर्षैभरी विभिन्न कार्यक्रम गरी मनाउने भएको छ ।  यही वैशाख ३० गते उनी  ९९ वर्ष पूरा भई १०० वर्षमा प्रवेश गर्दैछन्  । सोही अवसर पारेर ललितपुर महानगरपालिकाले एक वर्षभर विभिन्न कार्यक्रमहरु आयोजना गरी उनको जन्मशताब्दी महोत्सव मनाउन लागेको हो । 

ललितपुर महानगरपालिकाको दोस्रो नगरसभाको निर्णय अनुसार यसो गर्न लागिएको ललितुर महानगरपालिकाद्वारा जारी वक्तव्यमा उल्लेख छ । २०७६ साल वैशाख ३० गतेबाट कार्यक्रम सुरु गरी २०७७ साल वैशाख ३० गतेसम्म विभिन्न कार्यक्रम आयोजना गरी उनको जन्मशताब्दी महोत्सव मनाउन लागिएको हो ।  

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

जोशीको जन्मशताब्दी महोत्सव मनाउन ललितपुर महानगरपालिकाका मेयर चिरीबाबु महर्जनको संयोजकत्वमा १ सय ११ सदस्यीय समिति गठन गरिएको जनाइएको छ । वैशाख ३० गते उनलाई पाटन  मंगलबजारबाट लगनखेल, जावलाखेल हँुदै बाजागाजासहित महानगरपालिकामा लगिने र त्यहाँ राष्ट्रपति विद्यादेवी भण्डारीको उपस्थितिमा जन्मोत्सव मनाइने महानगरपालिकाले जनाएको छ । 

त्यस्तै सोही दिन रक्तदान, दीपावली तथा महानगरपालिका भित्र १०० वर्ष पुगेका वृद्धवृद्धालाई सम्मान पनि गरिने महानगरपालिकाद्वारा प्रेषित वक्तव्यमा उल्लेख छ । सो दिन महानगरपालिका क्षेत्रमा सार्वजनिक विदा पनि दिइने जनाइएको छ । 
 

प्रकाशित मिति: मंगलबार, वैशाख १७, २०७६  १३:२३
प्रतिक्रिया दिनुहोस्