site stats
बाह्रखरी :: Baahrakhari
साहित्य
‘जोखाना’को मञ्चन अवधी एक हप्ता थपियो

काठमाडौं । मण्डला थिएटर अनामनगरमा मञ्चन भइरहेको नाटक ‘जोखाना’ थप एक हप्ता प्रदर्शन हुने भएको छ ।

नाटक हेर्न आउने दर्शकको चाप नघटेपछि यही वैशाख ८ गतेसम्म मात्रै प्रदर्शन हुने भनिएको नाटक १५ गतेसम्म चल्ने भएको हो । 

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

पूर्वी नेपालको राई समुदायको कला, संस्कृति र पहिचान झल्किने नाटकमा समाजमा अहिले पनि रहेको जोखाना हेर्ने परम्परालाई समावेश गरिएको छ ।

कथाकार वियस राईले लेखेको कथालाई राजन मुकारुङले नाटकमा ढालेका छन् । नाटक निर्देशन किरण चाम्लिङ राईले गरेका छन् । अनिल सुब्बा लगायत कलाकार नाटकका मुख्य पात्र हुन् ।  

नाटक चैत ८ गतेबाट सोमबार बाहेक हरेक दिन साँझ सवा ५ बजे र शनिवार दिउँसो १ बजे पनि मञ्चन हुँदै आएको छ । 

बेखबर जसेको मण्डलामा काजकिरिया 

प्रकाशित मिति: शुक्रबार, वैशाख ६, २०७६  २१:५०
प्रतिक्रिया दिनुहोस्