site stats
बाह्रखरी :: Baahrakhari
साहित्य
सञ्‍चारकर्मी संजयले ल्‍याए ‘कसरी भनु म’को म्‍यूजिक भिडियो

काठमाडौं-नेपाली सांगीतमा विगत एक दशकभन्दा लामो समयदेखि पाइला चालेका युवा सञ्‍चारकर्मी तथा गायक सञ्‍जय चौधरीले नयाँ म्यूजिक भिडियो ल्‍याएका छन्।

सामाजिक सञ्जाल युट्युवमार्फत उनले ‘ कसरी भनु म’ बोलको नयाँ म्‍युजिक भिडियो ल्‍याएका हुन्।

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

उक्त गीतको शब्द रचना अजय शमशेर राणा र संजय चौधरीको रहेको छ भने संगीत पनि गायक चौधरीकै रहेको छ। उनीहरुसँगै र्‍यापर अदा ब्वायले गाउन साथ दिएका छन्। 

मदन शमशेर राणाले निर्देशन गरेको उक्त म्यूजिक भिडियोमा विष्णु लामा, जसमिन र पूजाले मोडलिङ गरेकी छिन्। गीतलाई रिभिल इन्टरटेनमेन्ट र बिजी इन्टरटेनमेन्टले बजारमा ल्‍याएको हो। 

यसअघि संजयले 'डुबाइ डुबाइ',“तिमी आयौ, तिमी आयौ, ‘गल्ती मेरो छैन“ र “तिमीले यो के गरेको’ जस्ता चर्तित गीतहरु दर्शक सामू पस्किसकेका छन्।

इथोस व्याण्डसँग समेत आवद्ध रहेका संजय हाल घोङ्ही डटकमका संस्थापकको रुपमा कार्यरत छन्।

 

प्रकाशित मिति: शुक्रबार, चैत २९, २०७५  २१:०५
प्रतिक्रिया दिनुहोस्