site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
SkywellSkywell
KFC Island Ad
NIC Asia
Royal Enfield Island Ad

काठमाडौं । लामो समयदेखि उपत्यकाभित्र बसेर कल वाइपास गर्ने सिरहाका राकेश गिरी फेरि पक्राउ परेका छन् । 
नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोले गिरीलाई चौथोपटक पक्राउ परेको हो । ब्यूरोको टोलीले उनलाई ललितपुरको कार्यविनायक ३ बाट पक्राउ गरेको ब्यूरोका प्रमुख डीआईजी नवराज सिलवालले बताए । 
“कल बाईपास गर्ने व्यक्तिउपर फितलो कानुन छ,” डीआईजी सिलवाल भन्छन्, “फितलो कानुन र कलवाईपास गर्दा धेरै आम्दानी हुने भएका कारण यो धन्दा फस्टाएको हो ।” 
उनले थपे, “गिरी यसभन्दा अघि ३ पटक पक्राउ परेर जेल सजाय काटिसकेका व्यक्ति हुन् । जेलबाट छुट्ने वित्तिकै उनको त्यही धन्दा सुरु हुन्छ, पक्राउ पर्दा सहजै छुट्न सहज हुन्छ, जरिबाना पनि धेरै हुँदैन ।” 
गिरी पहिलो पटक २०६३ साउनमा ललितपुरको ठेचोबाट पक्राउ परेका थिए । २४ दिन कैद भुक्तान र ५ लाख धरौटीमा रिहा भएका उनी पुनः कलवाईपासमै सक्रिय भए । 
२०६८ असार ३ गते काठमाडौंको जैसिदेवलबाट गिरी फेरि पक्राउ परे त्यसबेला उनी १ वर्ष कैद भुक्तान गरी छुटे । २०७१ असार ७ गते ललितपुरबाट पक्राउ परेका उनी १८ महिना जेल बसेर छुटे । जेलबाट छुटेलगत्तै फेरि उनी अवैध कल बाइपासमा सक्रिय देखिएको डिआइजी सिलवालले जनाए ।  गिरीले आफ्नो छोरालाई पनि कलवाईपास धन्दामा लगाएको प्रहरीले जनाएको छ । उनका छोरा गिरिश गिरी पनि २ पटक बाबुसँगै जेल परेर छुटिसकेका छन् ।  
 

NIBLNIBL
प्रकाशित मिति: सोमबार, पुस १८, २०७३  १९:१८
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Ncell Side Bar LatestNcell Side Bar Latest
Nepatop (PlastNepal)Nepatop (PlastNepal)
national life insurance newnational life insurance new
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
SubisuSubisu
Hamro patroHamro patro