site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
SkywellSkywell
KFC Island Ad
NIC Asia
Royal Enfield Island Ad

काठमाडौं । मोरङका दीपक राईलाई १२ लाख रुपैयाँजति आवश्यक पर्यो । गर्जो टार्न उनले ऋण दिने मान्छे खोज्न थाले र भेट्टाए पनि । आफूसँग भएको २ करोड रुपैयाँबराबरको जग्गा धितो राखेर उनले एक वर्षका लागि १२ लाख ४० हजार रुपैयाँ ऋण लिए । 
एक वर्षपछि ऋण चुक्ता गरेर आफ्नो जग्गा फिर्ता लिन खोज्दा त जग्गा नै गायब ! उनले झापाका जीवन बोहोराबाट सुनसरी बयरबनको १९ कठ्ठा जग्गा बन्दकी राखेका थिए । ऋण लिँदा बोहोरा र राईबीच साँवा ब्याजसहित रकम तिरे ०६९ भदौमा जग्गा फिर्ता गर्ने सर्त थियो । राईबाट बन्दकी पास गरेका बोहोराले काठमाडौंको न्यूरोडस्थित खिचापोखरीमा रहेको क्लासिक कलेक्सन नामक कम्पनीबाट सोही जग्गा धितो राखी ८० लाख निकाले ।
ब्याजसहित ऋण फिर्ता गर्न गएका राईले त्यतिबेलामात्र आफू भू–माफियाको जालोमा परेको थाहा पाए । राई त ठगिने एकजना प्रतिनिधिमात्रै हुन् । जीवन बोहोराको समूहले पूर्वका १५० जनाभन्दा बढीलाई यसरी नै ठगी गरेको प्रहरी अनुसन्धानबाट खुलेको छ । 
महानगरीय अपराध महाशाखाका आर्थिक ठगी युनिटका इन्चार्ज प्रहरी निरीक्षक गोविन्द पन्थीका अनुसार बोहोराले समूह नै बनाएर ठगी धन्दा चलाएका छन् । जीवन बोहोरा, दीपक अधिकारी, केवल भण्डारी र अनुराग पहाडीको समूहले थुप्रैलाई ठगेको अनुसन्धानबाट खुलेको पन्थीले बताए । उनीहरूबाट ठगिएका रमेश पौडेल, राजिव सुब्बा, छटु थापा, तेजनाथ ढुंगानालगायत ७ जना महानगरीय अपराध महाशाखाको सम्पर्कमा आएका छन् । “पीडितहरू थपिने क्रम अझै जारी छ । अनुसन्धान गर्दा उनीहरूले १५० भन्दा बढीलाई यसरी ठगी गरेको खुल्यो,” प्रहरी निरीक्षक पन्थीले बाह्रखरीसँग भने, “यो एक भू–माफियाको समूह हो । आर्थिक समस्या भएका व्यक्ति खोजी गर्ने, जग्गा बन्दकी राखेर रकम दिने अनि बैंकसँग मिलेर त्यो जग्गा धितो राखी पैसा निकाल्ने उनीहरूको काम रहेछ ।” उनीहरूको समूहले महाशाखामा सम्पर्कमा आएका ७ जनाबाट ३ करोड रुपैयाँ ठगी गरेको खुलेको छ ।

यसरी गर्छन् ठगी
अनुसन्धान अधिकारीका अनुसार ठगी गर्ने समूहका नाइके अनुराग पहाडी हुन् । उनी योजना बनाउँछ् अनि अरुचाहिँ ग्राहक खोज्छन् । उनीहरू पहिले आर्थिक समस्यामा परेका मानिस खोज्छन्, जोसँग जग्गा छ तर नगद छैन । उनीहरूलाई ठूला गफ दिन्छन्, सहजै ऋण उपलब्ध गराइदिने आश्वासन दिन्छन् । अनि हाम्रो पैसाको ग्यारेन्टी चाहियो भन्दै जग्गा बन्दकी पास गर्न लगाउँछन् । करोडको जग्गालाई बन्दकी पास गरेर २०–३० लाख ऋण दिन्छन् । भाकाभित्र बदमासी नगर्ने खालको कागज पनि बनाउँछन् । जग्गा आफ्नो नाममा आएपछि नक्कली कागजपत्र बनाएर ऋण निकाल्छन्, ब्याज तिर्दैनन् । अन्तिममा बैंकले त्यो जग्गा लिलाम गर्छ तर पनि जग्गाधनीलाई थाहा हुँदैन । 
ऋण दिएको जस्तो गरी अरुको जग्गा बैंकमा राखेर रकम निकाल्ने बोहोरालाई महाशाखाको टोलीले मंगलबार काठमाडौंको बौद्धबाट पक्राउ गरेको छ । अरुको पनि खोजी भइरहेको प्रहरी निरीक्षक पन्थीले बताए । 

बैंकको पनि मिलेमतो
कुनै पनि जग्गा बैंकमा धितो राखेर ऋण लिन विभिन्न चरण पार गर्नुपर्छ । फिल्डमै गएर जग्गा हेरेपछि मात्र मूल्यांकन गरी बैंकले जग्गा धितो राखेर ऋण दिने हो÷होइन र दिने भए कति दिने भनेर निर्णय गर्छ । चाखलाग्दो कुरा त के छ भने बोहोराको समूहले बैंकमा राखेको जग्गा काठमाडौंबाहिरको हो र उनीहरूले ऋण भने बैंकका काठमाडौंकै शाखाबाट लिएका छन् । बैंकले जग्गा नै नहेरी ऋण दिएको आशंका प्रहरीको छ । “नक्कली कागजपत्र बनाएर धितो राखी रकम निकाल्दा बैंकलाई जानकारी नहुने कुरै हुँदैन,” प्रहरी निरीक्षक पन्थीले भने, “यसरी रकम निकाल्दा बैंकका कर्मचारीको पनि मिलेमतो देखिन्छ ।” अनुसन्धान गर्दै जाँदा बैंकका कर्मचारी पनि तानिन सक्ने प्रहरीले जनाएको छ । प्रहरीका अनुसार उक्त समूहले सिद्धार्थ बैंक, एनआईसी एशिया र वल्र्ड मर्चेन्ट बैंकबाट रकम निकालेको छ ।

NIBLNIBL
प्रकाशित मिति: बुधबार, पुस ६, २०७३  १४:५२
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Ncell Side Bar LatestNcell Side Bar Latest
Nepatop (PlastNepal)Nepatop (PlastNepal)
national life insurance newnational life insurance new
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
SubisuSubisu
Hamro patroHamro patro