site stats
बाह्रखरी :: Baahrakhari
देश
NIC Asia Banner ad
Argakhachi Cement Island Ad

काठमाडौं । विपन्न परिवारका युवतीहरुलाई वैदेशिक रोजगारमा आकर्षक तलब भत्ताको प्रलोभनमा पारी अवैध मार्ग हुँदै सरकारले प्रतिवन्ध लगाएका देशहरुमा पठाउने एक गिरोहलाई प्रहरीले पक्राउ गरेको छ । 
नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले आकर्षक तलबको प्रलोभनमा पारेर ग्रामिण भेगका युवतीहरुलाई भारत श्रीलङ्का हँुदै कुवेत, ओमन लगाएतका देशमा पठाउने नवलपरासी दुम्कीवास ३ का ३५ वर्षिय राज कुमार खरेल, ताप्लेजुङ फुलबारी ७ का ४६ वर्षीय पुर्ण बहादुर लिम्बु र रुपन्देही गंगोलिया ६ का ४१ वर्षीय हरी प्रसाद थारुलाई काठमाडौंबाट पक्राउ गरेको हो । 
पक्राउ परेको गिरोहले ग्रामिण भेगका युवतीहरुलाई भेला पार्ने, नक्कली कागजपत्र बनाएर बेलहिया नाका हुँदै भारतको नयाँ दिल्ली, श्रीलङ्का हुँदै कुवेत, ओमनसहित सरकारले प्रतिबन्ध लगाएका देशमा पठाउने गरेको प्रहरी अनुसन्धानबाट खुलेको छ । 
“दर्जनौँ नेपाली युवतीहरुलाई हुँदै प्रतिबन्धित देशमा पठाउने गरेको तथ्य खुल्यो,” केन्द्रीय अनुसन्धान ब्यूरोकी प्रवक्ता एसपी मिरा चौधरीले बाहखरीसँग भनिन्, “ग्रामिण भेगका युवतीलाई आकर्षक तलबको प्रलोभन देखाएर अवैध मार्ग हुँदै विभिन्न देश पठाउने गरेको भेटियो ।” 
प्रवक्ता एसपी चौधरीले थपिन्,“संगठीत रुपमा यो गिरोहले धेरै नेपाली युवती पठाइसकेको अनुसन्धानबाट खुलेको छ ।”
उनले ८ महिनामा ६ जना युवती अवैध मार्ग हुँदै कुवेत पठाएको पाईएको छ । 

युवती पठाउन छुट्टाछुट्टै समूह सक्रिय  
अनुसन्धान अधिकारीका अनुसार पक्राउ परेका राजकुमार खरेलको दिदी कुवेतमा छन् । उनले कुवेतमा कुरा गर्ने र युवतीहरुको ‘डिमान्ड’ पठाउने, अनि राजकुमारले बेरोजगार युवतीलाई खोजी गर्दै भेला पार्ने ।  त्यसैगरी पूर्ण बहादुर लिम्बुले भेला पारेका युवतीको कागजपत्र मिलाउने र हरीप्रसाद थारुले युवतीहरुलाई भारत लगेर तस्करको जिम्मा लगाउने र भारतमा भएका तस्करले दिल्ली, श्रीलङ्का हुँदै उक्त देशमा पठाउने गरेको अनुसन्धानबाट खुलेको छ । 
हरीले बुटवलबाट दिल्लीसम्म पुर्याएको प्रतिव्यक्ति ५ हजार कमिसन पाउने गरेको प्रहरी अनुसन्धानबाट खुलेको छ । प्रहरीका अनुसार उनीहरुले संकलन गरेको कागजात कुरियर गरेर भारत पठाउने गरेका  थिए । 


 

प्रकाशित मिति: आइतबार, पुस ३, २०७३  १५:१०
प्रतिक्रिया दिनुहोस्