site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
SkywellSkywell

काठमाडौं । ‘फूलको ‘बुकी’ बोकेर मन्त्रीलाई भेट्न जाने, फोटो खिच्ने अनि त्यही फोटो धुलाएर साथमा बोक्ने । रातपरेपछि ‘बडीगार्ड’ बोकेर महङ्गा रेष्टुराँ छिर्ने । विदेश जाने भूत चढेका नागरिकलाई मन्त्रीसँग खिचिएका फोटो देखाउने र, आफूलाई पनि ठूलो मान्छे बताउने ।’ यो एउटा ठग नाइकेको दैनिकी हो ।   


केही समयदेखि विभिन्न बहानामा करोडौँ ठगी गर्ने इमाडोलका मनोजबहादुर सिंह फेरि प्रहरीको फन्दामा परेका छन् । 
पूर्व युवराज पारसको नाम बेचेर कुनै बेला काठमाडौंमा ठगी गिरोह चलाउने सिंह समय परिस्थितअनुसार भेष बदलेर ठगी गर्ने गर्छन् । पूर्व युवराज पारसको नामबाट ठगी गरे, पक्राउ परे । त्यसपछि राजपरिवार खानदानको परिचय दिँदै आर्मी, प्रहरी र राष्ट्रिय अनुसन्धान विभागमा जागिर लगाइदिने भन्दै दर्जनौँ युवालाई ठगी गरे । 

KFC Island Ad
NIC Asia


सिंहको त्यो ठगी धन्दाको पनि पर्दाफास भयो । उनले बेरोजगार युवा युवतीलाई बेलायत, अमेरिका तथा युरोपियन मुलुकमा सरकारी कोटामा पठाइदिने भन्दै ठगी गर्न थाले । 
प्रहरीको सूचीमा सिंह एक ‘प्रोफेशनल’ ठग हुन् । महानगरीय प्रहरी परिषर ललितपुरका प्रवक्ता डीएसपी ईश्वर कार्कीले बाह्रखरीसँग भने, “मन्त्रीको भ्रमण टोलीमा बेलायत र अमेरिका पठाइदिने भन्दै २९ जनासँग करोडौँ रुपैयाँ ठगी  गरेको खुल्यो ।” प्रवक्ता कार्कीका अनुसार यसअघि पनि सिंह ठगी र हातहतियारसम्बन्धी मुद्दामा पटकपटक कारबाही भोगेर छुटेका हुन् । 


“विभिन्न व्यक्तिलाई प्रयोग गर्दै मन्त्री तथा उच्च सरकारी अधिकारीसँग पुग्ने, फोटो खिच्ने त्यही फोटोलाई हतियार बनाएर नागरिक ठग्ने गरेका रहेछन्,” डीएसपी कार्कीले थपे । 
मन्त्रीको साथमा अमेरिका पठाईदिने भन्दै पर्वत शंकरपोखरीका विनोद सेवासँग २९ लाख असुलेर सम्पर्कविहीन भएका सिंहविरुद्व उजुरी गरेपछि ठगीको पर्दाफास भएको डीएसपी कार्कीले बताए । त्यसैगरी सिँहले कपनका सन्तोष कटवालसँग पनि  ९ लाख असुलेका थिए ।

Royal Enfield Island Ad


सिँहले आफुलाई राजाबाबु’ र अनुप सिंह जस्ता उपनामबाट अरुलाई चिनाउँदै ठगी गर्ने गरेको प्रहरी अनुसन्धानबाट खुलेको छ । 
प्रहरीका अनुसार सिँहविरुद्ध वैदेशिक रोजगार विभागमा २०७० साउन २० मा ठगी मुद्धा दायर भएको थियो । 
रामकाजी श्रेष्ठ, प्रेमकुमार श्रेष्ठ, विष्णु गौतम, कमल गौतम, कृष्णकान्त गौतम, रिसव गौतम र हर्षमान गौतमलाई वैदेशिक रोजगारीमा युरोप, अमेरिका लैजाने भन्दै उनीहरुबाट लाखौं रकम ठगी गरे पछि उनीविरुद्ध मुद्दा दायर भएको थियो । 

NIBLNIBL
प्रकाशित मिति: सोमबार, मंसिर २०, २०७३  १९:०३
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Ncell Side Bar LatestNcell Side Bar Latest
Nepatop (PlastNepal)Nepatop (PlastNepal)
national life insurance newnational life insurance new
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
SubisuSubisu
Hamro patroHamro patro