site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
NIC Asia Banner ad
Argakhachi Cement Island Ad

मोरङ । नेकपा ( माओवादी केन्द्र ) का नेता वर्षमान पुनले संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाको सहमतिबिना संविधान संशोधन गनौको औचित्य नहुने बताएका छन् ।प्रेस सेन्टर नेपाल मोरङले विराटनगरमा आयोजना गरेको पत्रकार सम्मेलनमा मधेसी मोर्चासँग समयमै सहमति नभए पनि सरकारले स्थानीय निकायको निर्वाचनको मिति घोषणा गरेर भने अगाडि बढ्ने उनको भनाइ छ । चैत मसान्तसम्ममा स्थानीय निकायको निर्वाचन गर्नुपर्ने बाध्यता भएकाले सहमतिका लागि हरसम्भव प्रयास हुने तर सहमति नजुटे मुलुकलाई निर्वाचनविहीन बनाउन नसकिने उनले स्पष्ट गरे ।

रासस

प्रकाशित मिति: आइतबार, मंसिर ५, २०७३  ११:२२
प्रतिक्रिया दिनुहोस्