राजनीति
समिति सभापतिबाट राजीनामा दिए रामहरि खतिवडाले

काठमाडौं । राज्यव्यवस्था तथा सुशासन समितिका सभापति रामहरि खतिवडाले पदबाट राजीनामाको घोषणा गरेका छन् । मंगलबार (साउन २७) प्रतिनिधिसभा बैठकको विशेष समयमा उनले पदबाट राजीनामाको घोषणा गरेका हुन् ।
निजामती विधेयकमा ‘कुलिङ अफ पिरियड’सम्बन्धी व्यवस्थामा त्रुटिका कारण उनीमाथि प्रश्न उठाइएको थियो । प्रश्न उठाइएपछि उनले राजीनामा घोषणा गरेका हुन् ।
प्रकाशित मिति: मंगलबार, साउन २७, २०८२ १६:३३
प्रतिक्रिया दिनुहोस्