देश
सुर्खेतमा महिलाको बलात्कार आरोपमा एकजना पक्राउ

काठमाडौं । सुर्खेतमा बलात्कार आरोपमा प्रहरीले एकजनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा वीरेन्द्रनगर नगरपालिका–५ का ३२ वर्षीय महेन्द्र सुनार छन् ।
२८ वर्षीया एक महिलाको बलात्कार गरेको उनीमाथि आरोप छ । आइतबार (साउन २५) दिउँसो उनलाई पक्राउ गरिएको प्रहरी प्रधान कार्यालयले जानकारी गराएको छ ।
महेन्द्रले ती महिलाको बलात्कार गरेको भन्ने उजुरीको आधारमा पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
प्रकाशित मिति: मंगलबार, साउन २७, २०८२ १२:४८
प्रतिक्रिया दिनुहोस्