राजनीति
कोसीका मुख्यमन्त्रीले ललित राजवंशीको निवास पुगेर दिए समवेदना

विराटनगर । कोसी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले राष्ट्रिय क्रिकेट टोलीका खेलाडी ललित राजवंशीकी आमाको निधनप्रति समवेदना व्यक्त गरेका छन् ।
सोमबार विराटनगर–१४ स्थित राजवंशी निवासमै पुगेर मुख्यमन्त्री कार्कीले शोकसन्तप्त परिवारजनसँग भेटघाट गर्दै समवेदना प्रकट गरेका हुन् ।
ललितकी आमा शुभकुमारी देवी राजवंशीको आइतबार ६३ वर्षको उमेरमा निधन भएको थियो ।
प्रकाशित मिति: सोमबार, साउन २६, २०८२ ११:३३
प्रतिक्रिया दिनुहोस्