site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
सुदूरपश्चिमका मुख्यमन्त्रीले पाए विश्वासको मत

काठमाडौं । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले विश्वासको मत पाएका छन् । बिहीबार प्रदेशसभा बैठकमा मुख्यमन्त्री शाहले विश्वासको मत लिएका हुन् । 

सरकारमा सहभागी दल नागरिक उन्मुक्ति पार्टीले गत असार २० गते सरकारलाई दिएको समर्थन फिर्ता लिएको थियो । नाउपाले समर्थन फिर्ता लिए पनि शाह नेतृत्वको सरकारसँग बहुमत कायम छ । ३० दिनभित्र विश्वासको मत लिनुपर्ने संवैधानिक व्यवस्थाबमोजिम बिहीबार मुख्यमन्त्री शाहले विश्वासको मत लिएका हुन् । 

५३ सदस्यीय सुदूरपशिम प्रदेशसभामा शाहले ३० मत प्राप्त गरेका छन् । मुख्यमन्त्री शाहलाई कांग्रेसका १८, सत्ता साझेदार एमालेका ११ र नागरिक उन्मुक्तिका एक सांसदले मत दिएका हुन् ।

 

 

प्रकाशित मिति: बिहीबार, साउन १५, २०८२  २०:३६
प्रतिक्रिया दिनुहोस्