site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
टेलिकमको फोरजी तथा भीओएलटीईमा समस्या, इन्टरनेट सेवा प्रभावित

काठमाडौं । नेपाल टेलिकमको फोरजी र भीओएलटीई सेवामा समस्या देखिएको छ । कम्पनीले सोमबार दिउँसो २ बजेबाट सेवामा समस्या आएको जनाएको छ । जसले गर्दा इन्टरनेट सेवा प्रभावित भएको छ । 

टेलिकमले उक्त सेवामा देखिएको समस्याबारे सम्पूर्ण ग्राहकवर्गलाई जानकारी गराउँदै कम्पनीको टूजी र थ्रिजी सेवामा भने समस्या नरहेको जनाएको छ । समस्या समाधानको लागि प्राविधिक लागिरहेको टेलिकमको भनाइ छ ।

525024281_731242122846305_2662151249782673766_n-1753702459.jpg
 

प्रकाशित मिति: सोमबार, साउन १२, २०८२  १७:२१
प्रतिक्रिया दिनुहोस्