site stats
बाह्रखरी :: Baahrakhari
कला
धरानमा ‘त्रिगुट म्युजिकल नाइट’ हुँदै

काठमाडौं । सुनसरीको धरान रंगशालामा सांगीतिक कार्यक्रम ‘त्रिगुट म्युजिकल नाइट’ आयोजना हुने भएको छ । कार्यक्रमको आयोजना हस क्रिएसन्स, दृश्यः सि द अनसिन र इफ्लिक्स इन्टरटेन्मेन्ट युकेले संयुक्त रूपमा गर्न लागेका हुन् ।

आयोजकहरूका अनुसार कार्यक्रम साउन १६ गते दिउँसो ३ बजेदेखि सुरु हुनेछ । कार्यक्रममा चर्चित ब्यान्डहरू स्वर, रकहेड्स र द फिरन्तेले प्रस्तुति दिनेछन् । यी ब्यान्डहरूले आफ्नो लोकप्रिय गीतहरू प्रस्तुत गर्ने प्रेस नोटमा उल्लेख छ ।

कार्यक्रममा भ्वाइस अफ नेपालका लोकप्रिय गायकहरू सार्थक लामा र प्रमेश राई पनि मञ्चमा उत्रिनेछन् । 

धरानका ब्यान्डहरू आस्था एन्ड द ब्रदर्स, द क्राइसिस र दि एलाइज ब्यान्डको पनि प्रस्तुति रहनेछ । 

कार्यक्रमका आयोजक आकाश रावलले त्रिगुट म्युजिकल नाइट अघिल्ला कन्सर्टहरूभन्दा फरक हुने बताए । 

प्रकाशित मिति: शनिबार, साउन १०, २०८२  ०७:०१
प्रतिक्रिया दिनुहोस्