site stats
बाह्रखरी :: Baahrakhari
देश
पर्वतमा मोदीखोलामा बाढी, सतर्कता अपनाउन आग्रह
प्रतीकात्मक तस्बिर ।

काठमाडौं । पर्वतमा मोदीखोलामा आइतबार (साउन ४) बिहान बाढी आएको छ । वर्षासँगै मोदीखोलाको सतह सतर्कता तह आसपास रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।

खोलाको सतह बढ्दो क्रममा छ । तटीय क्षेत्रमा सतर्कता अपनाउन विभागले आग्रह गरेको छ । 

“साउन ४, बिहान ६ः३२ बजे । पर्वत जिल्लास्थित मोदीखोला पर्वत जलमापन केन्द्रमा हालको जलसतह सतर्कता तह आसपास रहेकोले र बढ्दो क्रममा रहेकाले नदीतटीय क्षेत्र आसपास बसोबास गर्ने र नदी किनार भई यात्रा गर्नेहरूले सतर्कता अपनाईराखौँ,” विभागको सूचनामा उल्लेख छ ।

प्रकाशित मिति: आइतबार, साउन ४, २०८२  ०७:०२
प्रतिक्रिया दिनुहोस्