राजनीति

काठमाडौं । राजावादीहरूको समीक्षा बैठक हो–हल्ला भएपछि स्थगित भएको छ । दोस्रो चरणको आन्दोलन तय गर्न बसेको बैठकमा उपस्थित युवाहरूले हो–हल्ला गरेका थिए ।
राष्ट्रिय प्रजातन्त्र पार्टी, नेपालका अध्यक्ष कमल थापाले बोल्न लाग्दा होहल्ला नरोकिपछि उनी आक्रोशित हुँदै नबोली बसे । त्यसपछि संयुक्त जनआन्दोन समितिका अध्यक्ष नवराज सुवेदीले कार्यक्रम स्थगित गरे ।
समीक्षा बैठकमा पत्रकार प्रवेश गराइएको भन्दै केही युवाले आपत्ति जनाएका थिए । बैठकमा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङदेन भने सहभागी थिएनन् ।
प्रकाशित मिति: बुधबार, जेठ २१, २०८२ १६:२७
प्रतिक्रिया दिनुहोस्