site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
सञ्चारमाध्यममा प्रयोग गरिने भाषा सुहाउँदो नभएको प्रधानमन्त्रीको गुनासो 

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाली सञ्चारमाध्यममा प्रयोग गरिने भाषा सुहाउँदो नभएको गुनासो गरेका छन् । 

गोरखापत्र प्रकाशनको १२५औँ वर्ष प्रवेशका अवसरमा बुधबार काठमाडौंमा आयोजित कार्यक्रममा प्रधानमन्त्री ओलीले नेपाली सञ्चारमाध्यमका भाषा देशका विशिष्ट व्यक्तिलाई अनादर हुने प्रकारको रहेको र सुहाउँदो नभएको बताएका हुन् । 

उनले कसैले पनि नेपाली भाषाको कद घटाउने काम गर्न नहुने धारणा राखे । प्रधानमन्त्री ओलीले निरंकुशकालमा जस्तो शासकबाट कुनै हस्तक्षेप नहुने भएकाले आफ्नो ब्रह्मले देखेको कुरा लेख्न अहिले गोरखापत्र प्रकाशन स्वतन्त्र रहेको जिकिर गरे । 

मुलुकको सभ्यता र संस्कृतिका क्षेत्रका साथै अर्थतन्त्र र नेपाली भाषाको विकासका लागि दिएको गोरखापत्रले दिएको योगदानको उनले प्रशंसा गरे । 

NIBLNIBL
प्रकाशित मिति: बुधबार, वैशाख २४, २०८२  १५:१७
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro