site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
शिक्षक आन्दोलनमा दमन गरेर सरकारले शिक्षाविरोधी चरित्र देखायो : झलनाथ खनाल

काठमाडौं । पूर्वप्रधानमन्त्री एवं नेकपा (एकीकृत समाजवादी)का सम्मानित नेता झलनाथ खनालले शिक्षक आन्दोलनमा दमन गरेर सरकारले शिक्षाविरोधी चरित्र देखाएको टिप्पणी गरेका छन् । काठमाडौंमा जारी शिक्षक आन्दोलनमा सोमबार ऐक्यबद्धता जनाउन आन्दोलनस्थल पुगेका खनालले शिक्षक आन्दोलन एक महिना पुग्न लाग्दासमेत बेवास्ता गरेर दमनमा उत्रिएको बताए ।

"शिक्षकहरूको झन्डै एक महिना पुगिसकेको आन्दोलनको मागलाई नसुनिकन जसरी तानाशाही दमनचक्रमा उभिन खोजिरहेको छ सरकार, यसको हामी घनघोर भर्त्सना गर्दछौँ, विरोध गर्दछौँ," उनले भने ।

उनले शिक्षकका माग तत्काल पूरा नगरे आन्दोलनले ठूलो रूप लिने बताए । शिक्षकका माग नसुन्नु सरकारको दिशाहिनता र अराजकताको पराकाष्ठा भएको उनको भनाइ छ ।

"उहाँहरूको मागलाई पहिलो प्राथमिकताका साथ यो सरकारले पूरा गर्नुपर्छ । अन्यथा, योभन्दा ठूलो जनआन्दोलनको प्रतीक्षामा बसोस् सरकार म यो चुनौती दिन चाहन्छु । यो सरकारको अकर्मण्यता जनविरोधी शिक्षाविरोधी चरित्र हो। यसप्रकारको चरित्रको हामी विरोध गर्छौं," उनले भने ।

नेता खनालले शिक्षाको विकास गर्न कुल बजेटको २० प्रतिशत शिक्षामा लगानी गर्नुपर्ने पनि बताए । शिक्षामा लगानी गर्न प्रशस्त बजेट भएको उनको भनाइ छ । आफू प्रधानमन्त्री हुँदा शिक्षामा कुल बजेटको १६ प्रतिशत लगानी गरेको भन्दै उनले त्यसपछिको कुनै पनि सरकारले त्यति बजेट शिक्षा क्षेत्रका लागि नछुट्याएको बताए ।

 

NIBLNIBL
प्रकाशित मिति: सोमबार, वैशाख १५, २०८२  १४:५२
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro