site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
शिक्षक आन्दोलनबारे प्रचण्ड : सरकार गम्भीर भएन भने नराम्रो रूप लिन सक्छ 

काठमाडौं । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'ले संवादमार्फत शिक्षकका माग छिट्टै सम्बोधन गर्न सरकारलाई आग्रह गरेका छन् । बाँकेको राप्ती सोनारीस्थित फत्तेपुरमा आयोजित सभामा उनले आज बिहानमात्रै मन्त्रीलगायत नेतासँग आफूले संवाद गरेको पनि बताए । 

प्रधानमन्त्री केपी शर्मा ओली भने समस्या बल्झाउनेतर्फ रहेको उनको आरोप छ । “प्रधानमन्त्रीको रवैया समस्या समाधान गर्नेतिर छैन । समस्या बल्झाउने, झन् समस्या थोपर्नेतिर, जनतालाई सताउनेतिर मात्रै अघि बढेको छ,” उनले भने ।

उनले शिक्षक र प्रहरीको झडपलाई गम्भीर रूपमा लिनुपर्ने समेत बताए । उनले भने, “कैयौँ शिक्षकको टाउको फुट्यो भन्ने सुनेको छु । यसलाई सरकारले गम्भीर रूपले लिएन भने निकै नराम्रो रूप लिन सक्छ ।” 

उनले अदालतले दिएको आदेश स्मरण गराउँदै तत्काल सहमति गरेर शिक्षकलाई विद्यालय फर्काउन ढिला नगर्न आग्रह गरे ।

NIBLNIBL
प्रकाशित मिति: आइतबार, वैशाख १४, २०८२  १६:२१
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro