site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
लघुवित्त–सहकारीपीडितको चेतावनी : सरकारलाई घुँडा टेकाउँछौँ

काठमाडौं । वित्तीय पीडितहरूले आफ्ना शान्तिपूर्ण आवाजलाई सम्बोधन गर्न सरकारले चासो नदेखाएको भन्दै कडा आन्दोलन गर्ने चेतावनी दिएका छन् ।

मंगलबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै उनीहरूले आफूहरूको मागलाई सम्बोधन गर्नुको सट्टा दमन गरेको भन्दै कडा आन्दोलन गर्ने चेतावनी दिएका हुन् ।

‘सहकारी, लघुवित्त तथा वित्तीय समस्या समाधान संयुक्त राष्ट्रिय अभियान महासंघ’द्वारा आयोजित पत्रकार सम्मेलनमा अध्यक्ष मनिराम ज्ञवालीले ४० महिनादेखिको शान्तिपूर्ण आन्दोलनलाई सरकार र राजनीतिक दलले कमजोरीका रूपमा नलिन चेतावनी दिए । 

उनले आफ्नो अधिकारका लागि लड्ने जनताले कहिल्यै पनि हारेको इतिहास नभएको बताउँदै न्यायिक लडाइँमा पनि शासकहरू घुँडा टेक्न बाध्य हुने जिकिर गरे । 

त्यस्तै, सहकारी बचतकर्ता संरक्षण राष्ट्रिय अभियान (महासंघ)का अध्यक्ष कुशलव केसीले लघुवित्त, सहकारी र मिटरब्याजीसँग पटक–पटक भएका सम्झौता कागजमै सीमित राखेर पीडितलाई सडकमै कुट्नु, गिरफ्तार गर्नु र अनावश्यक दुःख दिनु गैरन्यायिक कार्य भएको बताए । 

अब आउने दिनमा पनि राज्यले उल्टो बाटो समातेर अगाडि बढे त्यसको ठूलो मूल्य चुकाउनुपर्ने केसीले चेतावनी दिए । 

उनले वैशाख ४ गते सम्पूर्ण पीडित सडकमा उत्रिने र ठूलो प्रदर्शन गर्ने जानकारी दिए । लघुवित्त, सहकारी र मिटरब्याजी पीडितको वर्षौंदेखि चलिरहेको शान्तिपूर्ण आन्दोलनलाई सम्बोधन गर्न भन्दै उनीहरूले सरकारको ध्यानाकर्षण गराए । 

प्रकाशित मिति: मंगलबार, वैशाख २, २०८२  १५:४८
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
गुरुहरूको गरिमा नगुमोस् !
गुरुहरूको गरिमा नगुमोस् !
Hamro patroHamro patro