site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
थाइल्यान्ड भ्रमणबारे प्रधानमन्त्री ओलीले संसद्लाई गराए जानकारी

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले थाइल्यान्डको औपचारिक भ्रमण र बिमस्टेक शिखर सम्मेलनमा आफ्नो सहभागिताबारे संसद्लाई जानकारी गराएका छन् । आज प्रतिनिधिसभाको बैठकमा प्रधानमन्त्री ओलीले कूटनीतिक सम्बन्ध स्थापना भएको ६५ वर्षपछि नेपालको प्रधानमन्त्रीको पहिलोपटक थाइल्यान्डको औपचारिक भ्रमण हुन लागेको जानकारी गराए ।

प्रधानमन्त्री ओलीले मंगलबार (चैत १९ गते)बाट थाइल्यान्डको औपचारिक भ्रमण गर्दै छन् ।

प्रधानमन्त्री ओलीले नेपालीको निकट छिमेकीबाहेकका देशहरूको भ्रमणमा ‘गेट–वे’को रूपमा रहेको बैंककमा अहिलेसम्म औपचारिक भ्रमण नभएको सन्दर्भमा यो भ्रमण आफैँमा महत्त्वपूर्ण हुने बताए । भ्रमणका क्रममा प्रधानमन्त्री ओलीको र थाइल्यान्डका नरेश र समकक्षीसँग भेटवार्ता हुनेछ ।

भ्रमणका अवसरमा पर्यटन र संस्कृतिका सन्दर्भमा दुई समझदारीपत्रमा हस्ताक्षर हुनेछ । दुई प्रधानमन्त्रीको उपस्थितिमा गैरसरकारी क्षेत्रबीच ६ समझदारी पत्रमा हस्ताक्षर हुनेछ ।

उनले थाइल्यान्डका प्रतिष्ठित व्यवासायीसँग छलफल गर्ने र एसियन इन्स्टिच्युट अफ टेक्नोलोजीमा सम्बोधन गर्ने जानकारी गराए ।

प्रधानमन्त्री ओलीले बिस्टेक शिखर सम्मेलनलाई चैत २२ गते गर्ने तय भएको छ । सम्बोधनलगत्तै बाँकी मुलुकका नेताहरूसँग साइडलाइन वार्ता गर्ने ओलीको तयारी छ ।

NIBLNIBL
प्रकाशित मिति: सोमबार, चैत १८, २०८१  १२:०९
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro