site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
प्रतिनिधिसभाको बैठक स्थगित, सोमबार ११ बजे बस्ने

काठमाडौं । प्रतिनिधिसभाको बैठक लागि स्थगित गरिएको छ । विपक्षी दलहरूले अडान नछाडेपछि बैठक सोमबार बिहान ११ बजे बस्ने गरी स्थगित गरिएको संसद् सचिवालयले जनाएको छ ।

आइतबार बसेको बैठकमा सत्तापक्ष र प्रतिपक्षका सांसदहरूबीच भनाभन भएपछि बैठक १५ मिनेटका लागि स्थगित गरेर अपराह्न ४ बजेका लागि बोलाइएको थियो ।

तर, विपक्षीले अडान नछाडेपछि बैठक भोलि बिहान ११ बजे बस्ने गरी स्थगित गरिएको हो । भोलिको बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले सम्बोधन गर्ने तय भएको सत्तापक्षका नेताहरूले बताएका छन् ।

विपक्षी दलहरूले कुलमान घिसिङलाई नेपाल विद्युत् प्राधिकरणको कार्यकारी निर्देशकबाट हटाएको विषयमा प्रधानमन्त्री ओलीले जवाफ नदिनएसम्म बैठक चल्न नदिने अडान लिएका छन् ।

NIBLNIBL
प्रकाशित मिति: आइतबार, चैत १७, २०८१  १७:३५
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
हेलचेक्य्राइँको दोषी को ?
हेलचेक्य्राइँको दोषी को ?
Hamro patroHamro patro