
काठमाडौं । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाल राष्ट्र बैंकको गभर्नर योग्य र सक्षम व्यक्तिलाई बनाउनुपर्नेमा जोड दिएका छन् । शनिबार (चैत १६) काठमाडौंमा प्रेस सेन्टर नेपालको पाँचौँ राष्ट्रिय महाधिवेशनमा उनले अर्थतन्त्रको अवस्था नाजुक भएको भन्दै यसबाट बाहिर ल्याउन सक्ने योग्य व्यक्तिलाई सरकारले गभर्नर बनाउनुपर्ने बताए ।
“म भर्खरै प्रधानमन्त्रीबाट बाहिरिएको छु । मलाई सबै कुरा थाहा छ, नियुक्तिमा केके सम्म गर्नुभयो भन्ने,” उनले भने, “अब गभर्नर नियुक्तिको कुरा आउँदै छ । अर्थतन्त्रको अवस्था नाजुक बन्दै गएको छ । त्यहाँ योग्य व्यक्ति नियुक्त गर्न म सरकारलाई आग्रह गर्छु ।”
अराजक गतिविधि मच्चाउनेलाई सरकारले कानुनी दायरामा ल्याउनुपर्नेमा पनि उनले जोड दिए ।