अर्थ व्यवसाय
16138872681680584642.jpg)
काठमाडौं । नेपाली बजारमा मंगलबार (फागुन २०) सुनको मूल्य बढेको छ । सुनको मूल्य तोलामा १४ सय रुपैयाँले बढेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
यस दिन छापावाल सुनको मूल्य तोलाको एक लाख ६९ हजार ५०० रुपैयाँ कायम छ । सोमबार (फागुन १९) छापावाल सुन प्रतितोला एक लाख ६८ हजार १०० रुपैयाँमा किनबेच भएको थियो ।
चाँदीको मूल्य पनि तोलामा २५ रुपैयाँले बढेको छ । चाँदी प्रतितोला एक हजार ९४० रुपैयाँमा खरिद–बिक्री भइरहेको महासंघले जनाएको छ । सोमबार चाँदी प्रतितोला एक हजार ९१५ रुपैयाँमा कारोबार भएको थियो ।
प्रकाशित मिति: मंगलबार, फागुन २०, २०८१ १०:५४
प्रतिक्रिया दिनुहोस्