site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
संविधान संशोधनका लागि कार्यदलको गृहकार्य, केवलकार समस्या वार्ताबाटै 

काठमाडौं । सत्तारुढ कांग्रेसले संविधान संशोधनका विषयमा गृहकार्य गर्न पार्टीभित्र पनि कार्यदल गठन गर्नुपर्ने र सरकार सञ्चालनका लागि गठन भएको कार्यदलमा थप सदस्य थप गर्ने विषयमा छलफल गरेको छ ।

सभापति शेरबहादुर देउवाको निवास बूढानीलकण्ठमा भएको छलफलमा संविधान संशोधनका लागि गृहकार्य गर्न पार्टीले पनि कार्यदल गठन गर्ने विषयमा कुराकानी भएको थियो ।

प्रवक्ता डा. प्रकाशरण महतका अनुसार संविधान संशोधनका लागि कार्यदल बनाएर अघि बढ्ने विषयमा कुराकानी भएको छ ।

त्यसैगरी केवलकार निर्माणमा भइरहेको अवरोधप्रति संवेदनशिलता देखाउन अनुरोध गर्दै वार्ताबाटै समस्या समाधान गरिने निष्कर्ष निकालेको उनले जानकारी गराए ।

कांग्रेसका  एक नेताले दिएको जानकारीअनुसार सरकार सञ्चालनका लागि गठन भएको कार्यदलमा दुवै पार्टीका दुई–दुई जना मात्रै सदस्य रहेकाले पाँच–पाँच जना रहने गरी एमालेसँग कुरा गर्ने निर्णय भएको छ ।
 

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, फागुन १६, २०८१  १८:५५
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro